बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दुविधामा नपरि काम गर्नु होला । जोखिम पूर्ण यात्रा नगर्नु होला ।  काम गर्ने बातावरण त्यति देखिदैन । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समग्रमा समय त्यति अनुकुल देखिन्न । घरयासी खर्च बढ्नेछ । मनमा भय त्रास उत्पन्न हुनेछ । काम गरेर जश पाईने छैन । जो आफ्नो ठान्यो त्यहि पराई हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयले साथ दिनेछ । लगनशिलता बढ्नेछ । अबरुद्ध कामले गति लिनेछ । सहयोगी हात फेला पर्ने छन् । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय मध्यम देखिन्छ । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । आर्थिक कारोवारमा सजग रहनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ काममा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ । कर्म भने बलियो देखिन्छ । राज्यबाट सामान्य सहयोग पाईनेछ । कुटनैतिक विधि अप्नाई काम गर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  काममा अवरोध आउनेछ । मनमा दुविधा बढ्न सक्छ । विना सोच विचार काममा हात नहाल्नु होला । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्य र कर्म दुवै बलियो देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । राज्यबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी राम्रो हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  स्वाथ्यमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । गतिरोधको अन्त्य हुनेछ । सरल तरिकाबाट काम बन्नेछन् । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । व्यापारमा मन्दि आउनेछ । काम गर्न मन लाग्ने छैन । अनावस्यक काम धेरै हुने छन् । आम्दानीका स्रोत घट्ने छन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काममा अवरोध आउन सक्छ । काम गरेर नाम न जश खरानी घस हुनेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । दैनिक काम काजमा असर पर्ने देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय सुधारोन्मुख छ । मेहनत बढि गर्नु पर्ला । आफन्तसँग मतभेद बढ्न सक्छ । उच्चमनोबलका साथ काम गर्नु होला गरेका काम  सफल हुनेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काम गर्दा सोच विचार गर्नु होला सफल हुने छन् । सवैलाई आफ्ना कुरा नभन्नु होला पछि धोका हुन सक्छ । स्वतन्त्र व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया