बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समस्या बढ्ने देखिन्छ । आलस्यता बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । आफन्तबाट धोका हुनसक्छ । तनावमा कुने काम नगर्नु होला । खर्च बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  सहास धैर्यता पराक्रम बढ्नेछ । निर्णय क्षमता बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । वित्तिय क्षेत्रमा सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  कारोवार गर्दा विचार गर्नु होला । प्रयास र प्रयत्न सफल हुनेछन् । निर्णय क्षमता कमजोर रहनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काममा स्थायित्व दिनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने जोश जागर बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापार व्यवसायबाट नाफा भन्दा घाटा बढि हुनसक्छ । अनावस्यक काममा समय लगानी हुनेछ । फजुल खर्च पनि बढ्नेछ । झुट्टा कुराले पिरोल्न छाड्ने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । बक्यौता रकम उठाउन सजिलो हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अधुरा काम आज फस्र्यौट हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ स्थान मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । काम गरेर अनुसारको उपलब्धि हासिल हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  मानसिक तनाव कम हुनेछ । आस्था र विश्वास बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । उपकारी काम होलान् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काम काजमा अवरोध आउने देखिन्छ । मानसिक तनाव बढ्न सक्छ । घर परिवारमा अशान्ति बढ्न सक्छ । अनावस्यक काममा समय र धन लगानी बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दैनिक काम काजमा प्रगति हुनेछ । नजिकका व्यक्तिबाट सहयोग सहानुभूति मिल्नेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ । व्यापारबाट उचित लाभ लिन सकिनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): तपाई माथि शत्रुको बक्रदृष्टि पर्ने भएकोले काम गर्दा सतर्क हुनुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । काम अनुसारको प्रतिफल राम्रै मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  आवेगमा आएर काम नगर्नु होला । योजना बनाएर समयमा निर्णय लिन सकिएमा गरेका कामबाट केहि फाइदा लिन सकिनेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया