बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):  सुख शान्ति कम मिल्नेछ । काम गर्दा विभिन्न झमेला आइलाग्ने छन् । प्रयत्न गरेमा सफल मिल्नेछ । समयमा सचेत हुनु आवस्यक छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट आम्दानी हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायबाट आम्दानी भन्दा नोक्सान बढि होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामान्यतयाग्रह गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्ने छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  आत्मविश्वास बढ्ने छ । लगनशिल भई काममा लाग्नु होला । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  समयमा सामान्य सुधार आउने छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले कम साथ दिनेछ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आयत निर्र्यात व्यापारबाट मुनाफा बढ्नेछ । प्रेममा थोरै सफलता मिल्नेछ । विदेश यात्राको योग देखिन्छ । नयाँ काम हात पर्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक काम गर्नु होला । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पेट पोल्ने छ । काम गर्ने जोश,जागर घट्नेछ । लगनशिल भई गरेका काममा सफलता मिल्ने छ । पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  गरेका अधिकाँश काम सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ । काममा ढिला सुस्ति नगर्नु होला ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया