मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अवरुद्धहरु हटेर जाने छन् । समयले साथ दिनेछ । काम काजमा प्रगति हुनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): खर्चका शिर्षक बढ्ने छन् । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । सहयोगी हात खुम्चिने छन् । घुमाई फिराई बढि हुनसक्छ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आकस्मिक आम्दानीको योग देखिन्छ । संचित धन बढ्नेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । व्यापारमा वृद्धि हुनेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले पूर्ण साथ दिनेछ । कार्य व्यस्तता वढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सुख, शान्तिमा कमि आउनेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ । उपकारी काम हुनसक्छन् । पढाई लेखाईमा ध्यान जानेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनोरोग बढ्न सक्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । आफ्नो धन अरुको खर्च गर्नु पर्ने अवस्था आउन सक्छ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ नयाँ कार्य योजना अगाडि आउने देखिन्छ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): थोरै हेलचक्र्याई गरेमा भाग्य खोसिन सक्छ सजग भएर काम गर्नु होला । परिश्रमको प्रतिफल भने राम्रो मिल्नेछ । शत्रु लाग्ने देखिन्छ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मानसिक दुर्वलता बढ्न सक्छ । भय,त्रास र आतुरमा काम गर्दा विग्रिन सक्छन् । परिवारमा द्वन्द चल्न सक्छ होशियार हुनुहोला ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काममा विवाद बढ्न सक्छ । घरयासी खर्चमा तिव्रता आउनेछ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घट्नेछ । भ्रम बढ्नेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आत्मबल, आत्मविश्वास र काम गर्ने जोश जागर बढ्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । नयाँ कामको अवसर आउनेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): वुद्धिको सहि प्रयोग गर्नु होला । आर्थिक क्षेत्रमा सुधार आउनेछ । ऋण लगानी नगर्नु होला डुब्नसक्छ । गरेका काम सफल हुनेछ ।
——————————————–