शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सहयोग गर्नु पर्ने अवस्था सृजना हुनेछ । पारिवारिक खर्चमा वृद्धि हुनेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ । कामबाट उपलब्धि कम हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  व्यवसायिक क्षेत्रमा परिवर्तन आउनेछ । अधुरा काम अगाडि बढ्ने छन् । आय स्रोत बढ्नेछ । काम गर्ने उत्साहा बढ्ला । पारिवारिक सहयोग,सहानुभूति कमै मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समग्रमा स्पष्ट वोल्दा आफैलाई घाटा हुनेछ ।संचितीमा कमि आउनेछ । काममा प्रगति सोचे जस्तो हुने छैन । जोश जागर कम होला । हैरानी बढि हुनसक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): बाह्य अलमलमा नपरि काम गर्नु होला । आफुमा भएको उर्जालाई सदुपयोग गर्न सके दिन उपलब्धिपूर्ण रहनेछ । खर्च नियन्त्रण गरेर काम गर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  जोखिम मोलेर काम नगर्नु होला क्षति धेरै हुनेछ । चोटपटक आदिको भय देखिन्छ । मानसिक तनाव र खर्च बढ्नेछ । काम काजमा विलम्ब हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  पढाई लेखाईमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । वित्तिय क्षेत्रमा उन्नति प्रगति हुनेछ । खर्च व्यवस्थापन गर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा सहजिकरण हुनेछ । राज्यसँग सरोकार रहेका काम अगाडि बढ्ने छन् । अधुरा कामले गति लिनेछ । नेतृत्वदायिक भूमिकामा बस्न पाईनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आफुलाई समालेर काम गर्नु होला । हतारमा कुनै काम नगर्नु होला । सहज रुपमा काम बन्ने छैनन ।  पढाईमा अवरोध आउन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दिन प्रतिकुल देखिन्छ । जोखिम मोलेर कुनै पनि काम नगर्नु होला ।पारिवारिक समस्या बढ्नेछन् । काम गर्न मन लाग्ने छैन । धन सम्पतिको नास हुनसक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विवादित काममा हात नहाल्नु होला । स्वतन्त्र प्रकृतिका कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगी हात कमै फेला पर्ने छन् । लगानी नबढाउनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): बाधा अवरोधका बीच काम सम्पन्न हुनेछन् । आर्थिक कारोवारमा थोरै ध्यान दिनु होला । आफन्त बनेर दुःख दिनेछ । गरेका काम बन्नेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  वैदेशिक विना अध्ययन,बिना विश्लेषण कुनै काममा हात नहाल्नु होला । भ्रममा पर्दा अवसर गुम्ने देखिन्छ ।कष्टपूर्ण यात्रा हुनेछ । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया