शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यर्थको घुमाई फिराई हुनेछ । उपलब्धि विहिन खर्च बढ्नेछ । सम्पतिको विषयमा विवाद पर्न सक्छ । घरमा बस्न मन लाग्ने छैन । व्यापार घट्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख शान्ति छाउने छ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काममा देखिएका समस्या कम हुने छन् । सहज र सरल तरिकाले काम बन्ने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उद्योग पराक्रम बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहयोगी हातहरु खुम्चिने छन् । व्यापार मन्द रहनेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावका कारण काममा असर पर्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  नरमाईला क्षणको उत्पत्ति हुनेछ । काम गर्ने बातावरण भत्किने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । यात्रा कष्टपूर्ण हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  नयाँ कामको प्रस्ताव आउन सक्छ । व्यापार बढ्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विद्वान शत्रुबाट अपहेलित हुनु पर्ला । सहज रुपमा काम हुने छैनन । कार्य सम्पादन गर्न बढि नै खटिनु पर्नेछ । श्रमको मूल्य जवरजस्ति लिनु पर्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  घरयासी बातावरण अनुकुल हुनेछैन । काम गर्दा दुविधामा नपर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पारिवारिक खर्चमा वृद्धि हुनसक्छ । काम गर्ने जोश जागर घट्नेछ । कारोवारमा समस्या आउनेछ । गरेका काममा सन्तोषजनक प्रगति हुने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कार्य क्षमता बढ्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ । नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विना योजना काममा हात नहाल्नु होला । आर्थिक कारोवारमा सजग रहनु होला । अरुको भर नपरि काम गर्नु होला । आफन्तको सहयोग अल्प मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयमा सुधार आउने देखिन्छ । अवरुद्ध काम अगाडि बढ्ने छन् । काम गर्ने उत्साहामा वृद्धि हुनेछ । भोज भतेर मनोरञ्जनका अवसर आउने छन् ।

——————————————–

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया