बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्य क्षमता घट्ने छैन । गरेका काम बन्ने छन् । पारिवारिक सहयोगमा आर्थिक उन्नति हुने योग छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  पराजित यात्रा समाप्त हुनेछ । कार्य क्षमता बढ्नेछ । काम गर्दा प्रशंसा मिल्नेछ । आर्थिक उन्नति हुनेछ । आफन्त जनको सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयले पूर्ण सहयोग गर्ने छैन । आस्थाका अङ्कुर पलाउनेछ । आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउने छ । धार्मिक यात्रा हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक संकट पर्न सक्छ । घटना परिघटनाले चिन्ता थप्नेछ ।  काम गरेर नाफा भन्दा घाटा हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  व्यक्तिगत कामबाट फाइदा हुनेछ । मिलेर गरेका काममा विवाद बढ्न सक्छ । प्रेमिकाबाट सहयोग पाईनेछ । भोग विलासिता बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  शत्रुबाट काममा अवरोध आउन सक्छ,मनोबल उच्च गरी काम गर्नु होला । स्वाथ्य अनुकुल रहनेछ । ऋणमा काम नगर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अलमलमा पर्दा फाइदाजनक काम फुत्किने छन् । व्यापार व्यवसायबाट सन्तुष्टि मिल्ने छैन । पढाई लेखाईमा ध्यान केन्द्रित हुने छैन । यात्रामा कष्ठ हुने देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पारिवारिक समस्या बढ्ने छन् । भौतिक सम्पतिको नास हुनसक्छ । सुखमा कमि आउनेछ । काममा ढिला सुस्ति हुने देखिन्छ । आलस्यता बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  योजना बनाएर लगनशिलता बढाएर काम गर्नु होला सफल हुनुहुनेछ । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला । सुख शान्ति मिल्नेछ । कार्य प्रगति राम्रो रहला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): संचित धन नास हुनसक्छ । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला । प्रयत्न गर्न सके काममा सफला मिल्नेछ । बोलि नफुत्काउनु होला घाटा हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयमा थोरै सुधार आउनेछ । व्यक्तिगत कामबाट फाइदा हुनेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । फजुल खर्चमा थोरै कमि आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  व्यापार व्यवसायबाट लाभ भन्दा हानी बढि हुने देखिन्छ । सहयोग गर्ने भन्दा धोका दिने धेरै हुनेछन् । चिन्तामग्न दिन रहनेछ । पीडा सहनु पर्ला ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया