बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चुप लागेर वसेर काम अगाडि बढ्ने छैन,लगनशिलता बढाउनु पर्ने देखिन्छ । आस्था र विश्वास बढ्नेछ । फलदायी यात्रा हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  दुःख कष्ट हैरानी बढि हुनसक्छ । खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । दैनिक काम काजमा अवरोध आउनेछ । खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  अरुको भर परेर काम नगर्नु होला । संचित धन बढ्नेछ ।  विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । पारिवारिक सुख मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अलमलमा नपरि काम गर्नु होला । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ । कुनेै काम सम्पन्न गर्न बढि मेहनत गर्नु पर्ला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । जोखिपूर्ण काममा हात नहाल्नु होला । काम गर्दा अन्योलता बढ्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  गरेका काम सम्पन्न हुनेछन् । शारीरिक शिथिलता बढ्नेछ । आर्थिक पक्ष कमजोर बन्नेछ । काम गरेर जश कमै मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): पढाई तिर भन्दा कमाई तिर मन दौडिनेछ । काम गर्ने जोश जागर बढ्नेछ । अधुरा काम बन्नेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  सहज रुपमा काम हुने छैनन विभिन्न उल्झन आउने देखिन्छ । आर्थिक कारोवारमा ध्यान दिनु होला । योजना बनाएर काम गर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दिन अनुकुल जस्तै देखिन्छ । काम गर्ने उत्साहा बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । द्विधामा नपरि काम गर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सोचाई विपरित परिणम आउनेछ । समय प्रतिकुल छ ,चोटपटकको भय देखिन्छ । दैनिक काममा अवरोध आउने देखिन्छ । खर्च बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): स्वास्थ्य अनुकुल रहला । आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार,व्यवसायबाट आम्दानी बढ्नेछ । शत्रु परास्त हुनेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  गतिरोधको अन्त्य हुनेछ ,अधुरा काम सम्पादन हुनेछन् । समाजिक प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया