बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चुचेचोलालिलुलेलोअ)उद्योग पराक्रम घट्नेछैन । निर्णय क्षमता बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्त अल्प सहयोग पाइनेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  दिन मध्यम देखिन्छ । धन दिदा डुब्न सक्छ विचार गर्नु होला । प्रयास र प्रयत्न भने सफल हुनेछन् । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । आफन्तको सहयोगमा केहि काम हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । लाभ होला ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): दुःख,कष्ट,हैंरान गर्यो हात लाग्यो शून्य हुनेछ । फजुल खर्चबढ्नेछ । अरुको काम गरेर जश कमै मिल्नेछ । व्यापारबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): काम अनुसारको दाम हात लाग्नेछ । नोकरी तथा राजनीतिबाट फाइदा लिन सकिनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । आफ्ना मान्छेको सहयोग मिल्नेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  भाग्य र कर्म दुवै बलियो देखिन्छ । नोकरी तथा राजनीतिमा पदोन्नति हुनेछ । सहज र सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । अर्थ लाभ हुनेछ । पराक्रम घट्नेछैन ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): कान्ति र शान्ति क्षय हुनेछ । अन्योलमा काम नगर्नु होला । गरेका काममा सन्तोषजनक प्रगति हुने छैन । घुमाई फिराई बढि हुनेछ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  दुःख,कष्ट र हैरानी बढि हुनेछ । खानपानमा विचार पुर्याउनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ । व्यापार घट्ने छ भने खर्चमा वृद्धि हुनेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  समयमा काम गर्ने प्रयत्न गर्नु होला तव मात्र काममा प्रगति हुनेछ । साधन र शिपको सदुपायोग गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): द्रोह चिन्तन बढ्नेछ । सवैलाई आफ्नो ठानेर काम गरेमा काम विग्रिने छन् । परिश्रमको फल भने राम्रै मिल्नेछ । गरेका कामबाट लाभ हुनेछ ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): असान्दर्भिक काम बढि हुन सक्छन् । भ्रममा नपरि काम गर्नु होला । तपाईको काममा अरुले हस्तक्षेप गर्न सक्छन् । यात्रा नगर्नु उचित हुनेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि):  भौतिक सम्पतिको नास हुनसक्छ । घरयासी समस्या बढ्ने छन् । शारीरिक शिथिलता बढ्नेछ । मुद्धा मामिलाको सम्भावना देखिन्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया