शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चुचेचोलालिलुलेलोअ)समयले पूर्ण साथ दिने देखिन्न । घर छोडेर जाने अवस्था आउन सक्छ । अनुदारबादी सँग भेट हुनेछ । लाभदायक काम कम हुनेछन् ।

——————————————–

वृष (इवाविवुवेवो):  समयमा गरेका काम सफल हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला गरेमा आफैलई घाटा हुनसक्छ । पारिवारिक सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  विवादित कामको अन्त्य हुनेछ । शत्रु खोज्न टाढा जानु पर्ने छैन । परिश्रमपूर्वक गरेका काम सफल हुनेछन् ।  भरोसामा काम नगर्नु होला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): भय आतुरमा काम गर्दा विग्रिन सक्छन् । आनन्दसँग बस्न पाईने छैन । काम गर्ने वातावरण खल्बलिनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): समयले कम साथ दिने देखिन्छ । हतारमा गरेर फूर्सदमा नपछुताउनु होला । मिलेर गरेका कामबाट लाभ लिन सकिने छैन । धोका दिने कम हुने छैनन ।

——————————————–

कन्या (टोपापीपुपेपो):  अवसरको सदुपयोग गर्नु होला । ढिला गरेर काम गर्दा उचित लाभ लिन सकिने छैन । कार्य क्षमतामा विस्तारै ह्रास आउने देखिन्छ । अल्प सहयोग मिल्नेछ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): काम गर्ने उत्साहा विस्तारै बढ्नेछ । नयाँ कार्य योजनाको वारेमा विचार विमर्श हुनेछ । सहयोगि हात अगाडि बढ्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  प्रेरणदायक काम हुनेछन् । काम गर्ने हौसला मिल्नेछ । आफन्तको सुझाव सल्लाहामा काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । मान्यजन सँग भेटघाट हुनेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  अनावस्यक खर्च बढ्नेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायमा रहने देखिन्छ । आर्थिक कारोवार नगर्नु होला घाटा हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयको पूर्ण सदुपयोग गरेर काम गर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । दिगो आम्दानीका स्रोत फेला पर्न सक्छ । काममा ढिला सुस्ति नगर्नु होला ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): दौड धुप बढि गर्नु पर्ला । विरोधीबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अवरुद्ध काम सफल हुनेछन् । स्फूर्ति बढ्नेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): चुनौतिको सामना गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । बुद्धिको सदुपयोग हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । धार्मिक यात्राको योग देखिन्छ  ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया