मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दिन मध्यम खालको छ हेलचक्र्याई गरेमा असफलता मिल्नेछ,ऋण लगानी नगर्नु होला धन डुब्न सक्छ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिन सामान्यतया अनुकुल नै देखिन्छ,गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): शारीरिक शिथिलता बढ्नेछ । काम गरेर नाम न जश खरानी खस हुनसक्छ । व्यापारमा घाटा हुनसक्छ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): वित्तिय क्षेत्रमा सुधार आउनेछ, गरेका अधिकाँश कामबाट लाभ हुनेछ,परिवारबाट सहयोग मिल्नेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सामाजिक प्रतिष्ठा बढ्नेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । अधुरा कार्य फस्र्योट हुने देखिन्छ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): इच्छानुसारको काम गर्न सकिने छैन,गरेका कामबाट आफु भन्दा अरु बढि लाभान्वित हुने देखिन्छ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम कुरा एकातिर हुने छन् भने आफु आर्कैतिर मोडिनु पर्ने अवस्था आउन सक्छ । तनाव बढ्नेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मिलेर काम गर्न थोरै गाह्रो हुनसक्छ,स्वतन्त्र व्यवसायबाट लाभान्वित हुनुहुनेछ । पराक्रम बढ्ला ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): प्रतिश्पर्धामा अगाडि हुनुहुनेछ,व्यापार व्यवसायबाट लाभ होला,ऋणमा काम गर्नु पर्ने अवस्था आउनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दुविधामा नपरि काम गरेमा सफल हुनुहुनेछ,व्यापारबाट स्वल्प लाभ हुनेछ । यात्रामा कठिनाई हुनेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ने अवस्था आउन सक्छ, पारिवारि चिन्ताले छोड्ने छैन । खर्च बढ्नेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): नयाँ कामको अवसर आउन सक्छ, समयमा गरेका अधिकाँश काम सफल हुनेछन्,व्यापारमा वृद्धि हुनेछ ।
——————————————–