बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कार्य सम्पादनमा सरलता आउनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापारमा मन्द सुधार आउनेछ ।

 ——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  परोपकारी काममा समय खर्च हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । ऋण लगानी नगर्नु होला ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  अनावस्यक काममा समय खर्च हुनेछ । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । आफ्नो सोचाईको विपरित काम हुनेछन् । खर्च बढ्नेछ ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):  वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा विलम्ब नगर्नु होला आफैलाई घाटा हुनेछ ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । सवैलाई आफ्नो ठानेर काम नगर्नु होला विश्वास घात हुनेछ । मुद्धा मामिलामा विजय प्राप्त होला ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  दुविधामा नपरि काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने अरुले फाइदा लिनेछन् । घरयासी कुराले पिरोल्नेछ । अल्प लाभ होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अरुको काम गरेर जश पाईने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । घरयासी खर्च बढ्नेछ । चिन्ताले छोड्ने छैन ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा कार्य सम्पादन गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । व्यापार व्यवसायबाट आज पनि आम्दानी राम्रै हुनेछ । पराक्रम घट्ने छैन ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): भाग्यले कम साथ दिनेछ । काम गरेर जश कमै मिल्नेछ । मिलेर काम नगर्नु होला । अर्थ अभावमा काममा विलम्व हुनेछ । खर्च बढ्नेछ ।

 ——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काम गर्ने जोश जागर घट्ने छैन । गरेका अधिकाँश काम सफल हुनेछन् । पारिवारिक सुख शान्ति मिल्नेछ । सामाजिक क्षेत्रमा रुची बढ्नेछ ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ दिएको देखिदैन । आवेगमा अएर कुनै काम नगर्नु होला । फजुल खर्च बढ्नाले आर्थिक संकट पर्न सक्छ । विश्वास गरेकाले धोका दिनेछन् ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आय आर्जनका दृष्टिले आजको दिन पनि अनुकुल नै देखिन्छ । आएको अवसरलाई सदुपयोग गर्नु होला । काममा विलम्ब गर्दा आफैलाई घाटा हुनेछ ।

 ——————————————–

 

तपाईको प्रतिक्रिया