आजको राशीफलः २०१८ / ०२ / १५

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्दा धेरैको सहयोग पाईनेछ । उचित काममा धन र श्रम लगानी हुनेछ । काम गरे अनुसारको इज्जत प्रतिष्ठा पनि बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्ने नै छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयमा सुधार आउदै छ, प्रातकाल थोरै प्रतिकुल देखिए पनि मध्यान्ह पछिको समय अनुकुल बन्नेछ ।मानसिक तनावमा कमी आउनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  नयाँ काममा हात नहाल्नु होला र जोखिम मोलेर काम नगर्नु होला ठूलो क्षति वेहोर्नु पर्ने अवस्था आउन सक्छ । समान चोरी वा हराउन सक्छ । मानसिक तनाव बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय प्रतिकुल बन्दै छ विना सोच विचार काममा हात नहाल्नु होला नोक्सान वेहोर्नु पर्नेछ । अनावस्यक काममा टाउको दुखाउनु पर्ने छ । प्रातकाल भने थोरै अनुकुल देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): जोश जागर उमङ्ग र नयाँ विचारका साथ अगाडि बढियो भने फट्को मार्न सकिनेछ । प्रेम प्रेमिका वीचको सम्बन्ध गाढा बन्नेछ । यात्राको योजना नबन्ला भन्न सकिन्न ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आफन्त बनेर धोका दिन सक्छन होशियार हुनु होला । श्रमको सदुपयोग गरेर अगाडि बढ्न सकेको खण्डमा लाभ लिन सकिनेछ । सामान्य खटाईबाट काम बन्ने छैनन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दुविधामा परिने सम्भावना बढि देखिन्छ । कामबाट आफुले सोचे जस्तो फाइदा लिन सकिने छैन । पढाई लेखाईको चिन्ताले सताउनेछ । अरुको सहयोगको अपेक्षा धेरै नराख्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयले साथ कम दिने हुदा सोच विचार काम गर्नु पर्ने देखिन्छ नत्र धेरै ठाँउमा असफल हुनुहुनेछ । धन सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । चिन्ताले सताउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयको गति सगै सुधाका संकेत देखिने छन् । कार्य लगनशिलता विस्तारै बढ्ने छ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रातकालमा गरेका काम बढि सफल हुनेछन् । कुरा भन्दा काममा बढि जोड दिनु होला । मध्यान्ह पछिका काममा बढि प्रयत्न गर्नु पर्नेछ । अरुलाई धन दिने काम नगर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  प्रातःकाल प्रतिकुल देखिए पनि मध्यान्ह पछिको समयमा सुधार आउनेछ । रोकिएका कामले गति लिनेछ । काम गर्ने जोश जागर पनि बढ्नेछ । विरोधीहरु पछाडि पर्ने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  विहानको समय थोरै अनुकुल देखिए पनि मध्यान्ह पछिको समय प्रतिकुल बढि देखिएकोले नयाँ काममा हात नहाल्नु होला । खर्चमा तिव्रता आउनेछ । विश्वासको शंकट पर्ने छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित