आजको राशीफलः २०१८ / ०२ / ११

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले पूर्ण साथ दिने देखिन्न । दैनिक काम काजमा खासै परिवर्तन आउने छैन, गरेका काम आंशिक सफल हुनेछ । यात्रा हुनसक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयले कम साथ दिनेछ । काममा अवरोध आउन सक्छ,परिश्रमको फल पाईने छैन, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दैनिक काममा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा अगाडि बढ्न सजिलो हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): संघर्ष गर्नु पर्ला । काममा प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्नें देखिन्छ । गरेका कामबाट लाभ हुनेछ । विरोधी बढ्न सक्छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयले अझै पनि पूर्ण साथ दिने छैन । प्रेममा धोका हुनसक्छ सतर्क रहनुहोला । काम भन्दा कुरा बढि हुनेछन् । दुविधामा नपरि काम गर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समस्या बढ्ने छन्,काम गरेर जश कम मिल्नेछ, शारीरिक एवं मानसिक थकान बढि हुनेछ । पारिवारिक खर्च बढ्नेछ । व्यापार घट्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । पुराना काम फस्र्योट हुनेछन् । अर्थोपार्जन हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कारोवारमा सचेतता अप्नाउनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार मन्द गतिले अगाडि बढ्नेछ । सहयोग कम मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा सामान्य सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यर्थ भ्रमण हुनेछ । फजुल खर्च बढ्नेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल पाईने छैन । असहयोग हुनेछ । झुट्टा कुराले सताउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आम्दानीका स्रोत बढ्ने छन । आफन्तबाट सहयोग मिल्नेछ । व्यापार बढ्नेछ । खुशीको खवर सुन्नु होला । सहयोगी हात भेटिने छन् । मांगलिक काम हुनेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  कार्य लगनशिलता बढ्नेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । काम गर्दा इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित