आजको राशीफलः २०१८ / ०२ / ०९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । खानपानमा ध्यान दिनु होला स्वास्थ्य विग्रिनेछ । व्यापारमा अवनति हुनेछ । खर्चको मात्रा बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): अनुकुलता बढि देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । लोभ मोह बढ्नेछ । परिवारबाट सहयोग मिल्नेछ । आम्दानी बढ्ला । व्यापार बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  विरोधीको सक्रियताले काममा असर पर्नसक्छ सोच विचार काम गर्नु होला । प्रयत्नहरु सफल हुनेछन् । आम्दानीका मार्ग खुल्ने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गलत विचार बढ्नेछ । समस्याको घेराबाट बाहिर जान पाईने छै्रन । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हेलचक्र्याई नगर्नु होला । समयले विस्तारै साथ दिन छोड्ने छ । घरयासी समस्या बढि हुनेछन् । वैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । व्यापार व्यवसायमा सुधार आउनेछ । कार्य क्षमता बढ्नेछ । आम्दानीका स्रोत बढ्ने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सम्पतिको विषयमा कुरा नगर्दा राम्रो हुनेछ । प्रयत्पूर्वक गरेका काम सफल हुनेछन् । वोलिको प्रभाव कम पर्नेछ । व्यापारबाट थोरै लाभ हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कार्य सम्पादनका दृष्टि दिन राम्रै रहनेछ । व्यापार र प्रतिष्ठा बढ्ने देखिन्छ । सभा समारोह एवं भोज भतेरमा सहभागि हुने अवसर प्राप्त हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  स्वास्थ्यको लागि धन खर्च गर्नु पर्ला । व्यापार र लेनदेन कारोवारमा गिरावट आउनेछ । काम गरेर उपलब्धिको सट्टा पश्चताप हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले साथ दिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । जीवन साथिको सहयोगमा काम बन्नेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा सहजता र सरलता आउनेछ । प्रतिश्पर्धात्मक काममा सफल मिल्नेछ । रोकिएका कामले गति लिनेछ । ऋण चुक्ता हुने देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आर्थिक पक्ष कमजोर हुदा काममा ढिलाई हुने देखिन्छ । बह्य हस्तक्षेप बढ्न सक्छ सतर्क रहनु होला । नकरात्मक सोच बढ्नेछ । यात्रा हुनसक्छ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित