आजको राशीफलः २०१८ / ०२ / ०८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयमा गरेका काम सफल हुनेछन् । अपरान्ह पछि भने समयले कम साथ दिनेछ । काममा गतिरोध उत्पन्न हुनेछ । मनमा अशान्ति बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आत्मविश्वास,आत्मबल बढ्नेछ । ऋणमा कमी,आम्दानी बढ्नेछ । कार्य सम्पादन गर्न बढि खटिनु पर्नेछ । यात्राको योजना बन्नेछ । व्यापार बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  ख्याल गरेर काम गर्नु होला,गलत सल्लाहको चपेटामा परिनेछ । सहज तरिकाबाट काम हुनेछैन । रोग व्याधिको प्रकोप बढ्नेछ । आयको तुलनामा खर्च बढि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): योजना बनाएर काम गर्नु होला सफल हुनुहुनेछ । कर्म अनुसारको फल मिल्नेछ । गलत विचार बढ्न सक्छ । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पूर्वान्हमा जति सजिलै काम हुनेछन् त्यति अपरान्हमा हुने छैन । नोकरी तथा राजनीतिमा आएको अवसर गुम्न सक्छ सचेत रहनुहोला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कार्य दक्षता बढ्नेछ । धन गलत ठाँउमा लगानी हुनसक्छ सचेत हुनुहोला । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुनेछन् । आस्था र विश्वास बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रातकाल अनुकुल देखिन्छ भने अपरान्ह देखि समय कम अनुकुल हुनेछ । काम सफल गर्न लगनशिलता बढाउनु पर्नेछ । कारोवारमा सचेत रहनु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्यले कम साथ दिनेछ । गरेका कामबाट उचित लाभ लिन सकिने छैन । मध्यान्ह पछि भने समय अनुकुल हुनेछ । कामले गति लिनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पूर्वान्हमा गरेका काम बन्ने छन् । अपरान्ह देखि समयले कम साथ दिनेछ । आर्थिक कारोवारमा गिरावट आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन मन्द होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अलमलमा नपरि काम गर्नु होला । इज्जत प्रतिष्ठा बढ्नेछ । आफन्तको सहयोगमा काम हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्दा आलोचना हुनेछ । खर्चालु यात्रा हुनेछ । परिवारबाट सहयोग मिल्ने छैन । अपरान्हबाट समयले थोरै साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दैनिक कामम अवरोध आउनेछ । घर परिवारमा विवाद बढ्नेछ । व्यापार व्यवसायमा घाटा हुने देखिन्छ । काम गरेर अरुलाई फाइदा पुग्नेछ । अस्वस्थता बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित