आजको राशीफलः २०१८ / ०२ / ०५

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आत्मै देखि लागेर गरेका काम सफल हुनेछन् । अरुको भर नपर्नु होला । संघर्षबाट भागेमा फल मिल्ने छैन । उन्नति प्रगति हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । भ्रममा नपरि काम गर्नु होला । व्यापारबाट अल्प लाभ हुनेछ । सन्तान सुख मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समस्याबाट फुत्किन पाईने छैन । काम गरेर नाम न जश खरानी घस हुनेछ । खर्चको मात्रा बढ्नेछ । व्यापार मन्द रहला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयको ख्याल राखेर काम गर्नु होला । अनुकुल बातावरणमा काम गर्न पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अतिथि सत्कार खर्च बढ्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ हुनेछैन । भर विश्वासमा मात्रै काम नगर्नु होला । प्रयत्नबाट अगाडि बढिनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको सदुपयोग गर्नु होला । गरेका काम अधिकाँश सफल हुने छन् । व्यक्तित्व प्रभावमा काम बन्ने छन् । सभा समारोहमा सहभागि हुने अवसर आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कुरा काट्नेको संख्या थपिनेछ । कुरा जस्तो काम हुने छैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ । व्यापार घट्नेछ भने खर्च बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  प्रयत्न गरे उधारो रकम उठ्नेछ । गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । मान्यजनको सहयोग सल्लाहा पाईनेछ । व्यापार बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  लगनशिल भई गरेका कामले पूर्णता पाउनेछ । आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कामले पूर्णता पाउने अझै देखिन्न । बाह्य काममा समय बढि खर्च हुनेछ । छोटो दुरीको यात्रा हुनसक्छ । व्यापारमा आएको मन्दि कायम रहनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): परिस्थितिले साथ दिने छैन । गरेका काम अधुरा रहने छन् । स्वास्थ्य खराव हुन सक्छ । सहयोगी हात खुम्चिने छन् । आर्थिक समस्यामा परिनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समग्रमा दिन अनुकुल देखिन्छ । ढिला गर्दा काम फुत्किन सक्छ,समयमा गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित