आजको राशीफलः २०१८ / ०२ / ०४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कर्म क्षेत्र नछोड्नु होला गन्तव्यमा पुग्नु हुनेछ । परिश्रमको फल मिठो निस्कनेछ । व्यापार व्यवसायबाट आम्दानी सामान्य हुनेछ । घरको बातावरण त्यति अनुकुल हुन्न ।

 

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  अध्ययन अध्यापन कार्यमा सामान्य सुधार आउनेछ । मानसिक तनावमा थोरै कमी आउनेछ । काममा देखिएका समस्या कम हुनेछन् । कार्य व्यस्तता बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दिनको अधिकाँश भाग प्रतिकुल देखिन्छ । गर्न लागेका काम विचैमा छोडेर हिड्नु पर्ने अवस्था आउन सक्छ । पारिवारिक खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्न सके दाम कमाउन सकिनेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुनेछन् । अबरुद्ध काम अगाडि बढ्ने छन् । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको विश्वास र भरोसा कम गर्नु होला । आर्थिक संरचनालाई नचलाउनु होला । विरोधी कमजोर हुनेछन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनोकाँक्षा पुरा हुनेछ । अपुरा अधुरा काम अगाडि बढ्ने छन् । मानसिक तनावमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । इच्छित भोजन मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफुले सोचे जस्तो कहि हुने छैन । काम गर्दा विभिन्न खालका समस्या सँग भिड्नु पर्नेछ । पढाई लेखाई तथा व्यापारबाट सन्तुष्टि लिन पाईने छैन ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आफुमा भएको उर्जाको सदुपयोग हुनेछ । आर्थिक कारोवारमा विशेष ध्यान दिनु आवस्यक छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  गतिरोधको अन्त्य हुनेछ । काममा केहि सरलता आउनेछ । कारोवारमा सचेत रहनु होला । सामाजिक प्रतिष्ठा बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने उत्साहा बढ्नेछ । नयाँ कार्य योजना अगाडि बढाउन सजिलो हुनेछ । आफन्तहरु थोरै सकरात्मक हुने छन् । व्यापारमा सुधार आउने छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अनावस्यक काममा टाउको दुखाउनु पर्नेछ । व्यापार व्यवसायबाट उचित फल मिल्ने छैन । मानसिक तनावमा काम गर्नु पर्नेछ । गरेका काम अधुरा हुनेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयमा काम हुनेछन् । पारिवारिक सुख मिल्नेछ । आयत निर्यात व्यापारबाट आम्दानी बढ्नेछ । प्रयत्नबाट नयाँ काम हात लाग्नेछ । इज्जतिला काम हुनेछन् ।

——————————————–

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित