आजको राशीफलः २०१८ / ०१ / १३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): जोखिम मोलेर काम नगर्नु होला क्षति वेहोर्नु पर्नेछ । घर परिवार एवं आफ्नो स्वास्थ्य कमजोर बन्नेछ । गरेका कामले पूर्णता पाउने छैन । खर्च एवं अस्थिरता बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।सामान्य यात्रा हुनसक्छ । अरुको भर नपरि काममा लगनशिलता बढाउनु पर्ने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  सामान्य खटाईबाट काम बन्ने छैनन प्रतिश्पर्धा गरेर अगिाडि बढ्नु पर्ने देखिन्छ । काम गर्दा शत्रुको सामना गर्नु पर्नेछ । परिश्रम अनुसारको प्रतिफल भने मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन सामान्य देखिन्छ । काम काजमा विभिन्न खालका समस्या देखिने छन् । अनिर्णयको बन्धि हुने अवस्था आउन सक्छ जसको कारण अवसर अरुले लिने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सहज रुपमा काम हुने देखिन्न । नयाँ काममा हात नहाल्नु होला । धन सम्पति चोरी वा हराउन सक्छ सजग रहनु होला । घर परिवारमा समस्या एवं खर्च बढ्ने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काम गर्ने उत्साहा बढ्नेछ । आफ्नै बाहुबलबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार आफन्तबाट सहयोग मिल्नेछ । भ्रममा नपर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आर्थिक कारोवारमा सजग रहनु होला ,आफन्तका कारण धन डुब्न सक्छ । गरेका कामबाट सन्तोषजनक लाभ लिन सकिने छैन । विश्वासको संकट उत्पन्न हुने देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  ग्रह, गोचर सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । आम्दानी बढ्नेछ । रिस, अहंकार र क्रोधलाई नियन्त्रण गर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  जोखिम मोलेर काम नगर्नु होला । शरीरिक पीडा हुनसक्छ । दैनिक काम काजमा अवरोध आउनेछ । फजुल खर्च बढ्नेछ । बन्धनमा परिनेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): परिवारको सहयोग लिएर समयमा कार्य सम्पादन गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  गरेका काम सहज सरल तरिकाले सम्पादन हुनेछन् । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अलमलमा पर्दा कहि कतै पूर्ण सफलता मिल्ने छैन । सहयोग गर्ने भन्दा कुारा काट्ने बढि हुनेछन् । दिशाहिन यात्रा हुने देखिन्छ । मनमा नानाथरिका कुरा खेल्ने छन् ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित