आजको राशीफलः २०१८ / ०१ / १२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चिन्ता मग्न भएर बस्नु पर्ला । काम गर्ने वातावरण विग्रिनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारमा गिरावट आउनेछ । धोका खाईनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आयत निर्यात व्यापार व्यवसायबाट लाभ हुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । प्रयास र प्रयत्न गरेमा नयाँ काम हात लाग्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  कामको वीचमा दुष्टहरुको आगमन हुनसक्छ सतर्क रहनु होला । प्रयत्नपूर्वक गरेका काम भने प्राय सफल हुने देखिन्छ । ऋणमा काम नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):अस्थिरताले अनिष्ट निम्त्याउछ सोच विचार काम गर्नु होला । जीवन मार्गमा अवरोध आउन सक्छ । व्यापार मन्द गतिमा अगाडि बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्दा हात धुने स्थिति हुनसक्छ । परिपक्कताको अभाव देखिन्छ । पारिवारिक समस्या बढ्ने छन् । स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पति घट्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आफ्नो काम गर्न अरुको भरोसा गर्नु पर्ने छैन । धेरै काम सम्पादन हुनेछन् ।व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर भन्द बाहिर बढि आनन्द मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):धन लागानी गर्दा ध्यान दिनु होला । प्रयास र प्रयत्नबाट मात्र काम बन्ने छन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । आफन्तको सहयोग अल्प हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गर्ने उत्साहा बढ्नेछ । अवरुद्ध काम अगाडि बढ्ने छन् । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । उत्सवादिमा भाग लिने अवसर मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  प्रतिकुल बातावरण बन्नेछ । विश्वासको संकट पर्नेछ । काम गरेर लाभ भन्दा हानी बढि हुनसक्छ । व्यापारमा गिरावट आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा प्रचुर सम्भावना देखिने छन् । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  ग्रह,गोचर अनुकुल देखिन्छ । कुरा काट्ने सहयोगको हात फैलाउने छन् । रोकिएका कामले गति लिनेछ । पराक्रम बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  मानसिक तनाव घट्नेछ । सुधारका संकेत देखिए पनि समयले पूर्ण साथ दिने देखिदैन । अनावस्यक काममा समय र धन खर्च हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित