आजको राशीफलः २०१८ / ०१/ ०५

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्ने वातावरण अझै देखिदैन । परिश्रम अनुसारको फल मिल्ने छैन । समस्याबाट फुर्सद मिल्ने छैन । व्यापार मन्द नै रहनेछ । सहि सल्लाहा पाईने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  प्रातकाल जति मध्यान्ह काल अनुकुल नहुन सक्छ । घरयासी समस्या बढ्ने छन् । व्यापारमा गिरावट आउन सक्छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयको गति सगै काममा सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ । प्रयत्नबाट नयाँ काम हात पर्र्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लगनशिल भई सचेत भएर काम गर्नु होला । गरेका काम सफल हुनेछन् । अरुको भर नपर्नु होला । आर्थिक कारोवार गर्दा विचार पुर्याउनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रातकाल प्रतिकुल देखिए पनि मध्यान्हबाट समयले थोरै साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्नेछन् । काम गर्ने उत्साहा बढ्नेछ । फजुल खर्च नियन्त्रण हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको गति सगै प्रतिकुलता बढ्ने देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आकस्मिक आम्दानी बढ्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । पढाई लेखाईमा तन मन जानेछ । गरेका काम सफल हुनेछन् । पराक्रम घट्ने छैन ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  अबरुद्ध काम अगाडि बढ्ने छन् । भाग्यले साथ दिनेछ तर आर्थिक पक्ष दूर्वल हुदा काममा सामान्य ढिलाई हुनसक्छ । श्रमको सम्मान हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समय पूर्ण अनुकुल देखिन्न । मानसिक तनावमा थोरै कमि आउनेछ । व्यापार व्यवसाय मन्द नै रहनेछ । सहयोगी कमै भेटिने छन् । आस्था र विश्वास थोरै बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयल साथ दिने छैन । सोचाईको विपरित काम हुनेछन् । दैनिक काममा अवरोध आउन सक्छ । व्यापारमा गिरावट आउनेछ । मानसिक तनाव बढ्ने ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । थोरै प्रयत्न गर्नु होला नयाँ काम हात पर्न सक्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । व्यापार व्यवसायमा प्रगति होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  संघर्ष नगरि केहि हुने छैन । आफन्त भनेकाबाट वेइमान हुनसक्छ सतर्क हुनुहोला । काम गर्दा विवाद उत्पन्न हुनसक्छ । ऋण लगानी नगर्नु होला । श्रमको मूल्य मिल्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित