आजको राशीफलः २०१८ / ०१/ ०४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): राप र तापले सताउनेछ । स्वास्थ्य कमजोर बन्नेछ । धन सम्पतिको नास हुनसक्छ । साथी भाईबाट विश्वास घात हुनसक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  उद्योग, पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । काममा गोपनियता अप्नाउनु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  प्रयत्न नगरि कुनै काम बन्ने छैनन । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । आफन्त बनेर धोका दिन सक्छन् । स्वास्थ्यमा समस्या आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): तनावमा आएर काम नगर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । घर डेराको समस्या पर्न सक्छ । भ्रममा नपरि अगाडि बढ्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन प्रतिकुल देखिन्छ । चोटपटकको भय देखिन्छ । जोखिमपूर्ण काममा हात नहाल्नु होला । परभाव देखिन्छ । फजुल खर्च बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): सामान्यतया ग्रह,गोचर अनुकुल देखिन्छ । आम्दानीका मार्ग प्रशस्त खुल्नेछन् तर समयमा काम गर्नु होला । आफन्तको सहयोग पाईनेछ ।।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) काम गर्दा केहि सहजता महशुस हुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । विरोधी परास्त हुनेछन् । धन सम्पति वृद्धि हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  तनावमा कमि आउनेछ । कामले विस्तारै गति लिनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । अरुको उपकारमा आफ्नो भविष्य नदेख्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । तनावमा काम गर्नु पर्ला । काम गरेर उपलब्धि कमै हात लाग्नेछ । खानपान नमिल्दा स्वास्थ्य कमजोर हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दैनिक काम काजमा सामान्य परिवर्तन हुनसक्छ । परिवारमा विवाद बढ्न सक्छ तर जीवन साथीको सहयोगमा काम गर्दा थोरै उपलब्धि हासिल हुनेछ । व्यापारबाट आम्दानी कम हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  संघर्षबाट काम बन्ने छन् । मुद्धा मामिलाम विजय प्राप्त हुनेछ । आफन्तबाट नै वेइमान हुनसक्छ सतर्क रहनु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अन्योलता बढ्न सक्छ । योजना बनाएर समयमा काममा प्रवेश गर्न सकिएन भने अरुले अधिकार जमाउने छन् । पढाई लेखाईमा खासै प्रगति हुने देखिन्न ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित