आजको राशीफलः २०१७ / १२ / ०७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मनमा अशान्ति,कार्य विमुख,अर्थ अभाव जस्ता समस्याबाट पीडित हुनुपर्नेछ । आलोचनाको शिकार बन्नु हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  संकल्प पुरा गर्न थोरै मेहनत गर्नु पर्नेछ । आत्मबल,आन्मविश्वास बढ्नेछ । अधुरा कार्यले गति लिनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफ्नाहरु टाढा हुनेछन् । संचित धनको नास हुनेछ । धन सापटी दिने र ऋण लगानी नगर्नु होला उठाउन गाह्रो हुनेछ । पराक्रम घट्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दुविधा मुक्त भएर काम गर्नु होला दिन अनुकुल देखिन्छ । गरेका काम सफल हुनेछन् । अनावस्यक खर्चमा कमि आउनेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनुकुल वातावरणमा काम गर्न पाईने छैन । श्रमको मुल्य पाईने छैन । चोटपटकको भय देखिन्छ । खर्चमा तिव्रता आउनेछ । व्यापार घट्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिन सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य गोपनियता अप्नाई काम गर्नु होला बढि सफलता मिल्नेछ । सानो हेलचक्र्याईले दुःख पाईनेछ । भर नपर्नु होला,कुरा भन्दा काममा जोड दिनु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कान्ति क्षय हुनसक्छ । मानसिक चिन्ता थोरै घट्नेछ । पठन पाठनमा ध्यान जाने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । सहयोगी कम भेटिने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  स्वास्थ्यमा समस्या आउने देखिन्छ । पैतृक सम्पतिको नास हुनसक्छ । काममा विभिन्न खालका समस्या आउने छन् । व्यापारमा लगानी नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सामान्य मतभेदका वीच जीवन साथिको सहयोगमा काम बन्नेछन् । स्वतन्त्र व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): संघर्ष गर्न पछि नपर्नु होला अवस्य सफल हुनुहुनेछ । विरोधीबाट काममा अवरोध आउनेछ । अरुको भर पर्नु भयो भने असफलता र दुःख कष्ट बढि हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  यात्रामा कठिनाई हुनेछ । निर्णय क्षमता कमजोर हुदा कार्य विमुख हुने अवस्था आउनेछ । प्रेममा बाधा अवरोध आउने देखिन्छ । व्यापारबाट अल्प लाभ हुनेछ । अध्ययन कार्य स्थगित हुनेछ ।

——————————————–

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित