आजको राशीफलः २०१७ / १२ / ०६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): –काम गर्ने जोश जागर घट्ने छैन । उद्योग,धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । गरेका काम बन्नेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  अहार विहारमा ध्यान दिन नसके स्वास्थ्यमा समस्या देखिनेछ । संचित धन नास हुन सक्छ । विश्वास घात हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । आवेगमा आएर काम नगर्नुहोला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चोटपटक आदिको भय देखिन्छ । टाढाको यात्रा नगर्नु होला । फजुल खर्च बढ्नेछ । आक्षेप लाग्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा ढिला गर्दा नोक्सान आफैलाई हुनेछ । सामान्तया आजको ग्रह गोचर राम्रै देखिन्छ । धन नदिनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): भ्रममा नपरि काम गर्नु होला । आज गरेका हरेक काम फलदायी देखिन्छन् । गएका ठाँउमा इज्जत बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मन चञ्चल हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । तनावमा आएर काम नगर्नु होला विग्रिन सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  नसोचेको अवस्थाको सामना गर्नु पर्ला । भाग्यमा अवरोध आउनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दैनिक काम काजमा प्रगति हुनेछ । आर्थिक कारोवारमा सजग रहनु होला । हचुवाको भरमा काम नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । विरोधीको वक्रदृष्टि पर्ने हुदा सजग भएर काम गर्नु उत्तम हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मनमा दुविधाले डेरा जमाउनेछ । यात्रामा कठिनाई आउनेछ । समयमा काममा प्रवेश नहुदा अवसर गुम्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  घरयासी बातावरण अनुकुल नरहन सक्छ । संचित धनको नास हुनेछ । सम्पतिको विषयमा विवाद पर्न सक्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित