आजको राशीफलः २०१७ / १२ / ०३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अवसरको दुरुपयोग हुन नदिनु होला । प्रयत्न गर्दा थोरै सफलता मिल्नेछ । राज्यसँग सम्बन्धित कामबाट पीडित हुनु पर्नेछ । नयाँ लगानी नगर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समय अनुकुल हुनेछ । अवरुद्ध काम अगाडि बढ्ने छन् । तपाईका विरुद्ध लाग्ने मान्छे सकरात्मक हुनेछन् । व्यापार व्यवसाय बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयमा काम गर्न नसक्दा अवसर गुम्नेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । सहयोगी नकरात्मक हुनेछन् । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय अनुकुल नै देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । गरेका काम अधिकाँश सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा क्रमिक सुधार आउनेछ । वाह्य कुरामा बढि चासो रहनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मानसिक तनावमा थोरै कमि आउनेछ । गरेका कामबाट सन्तुष्टि मिल्ने छैन । वाह्य काममा ध्यान जानेछ । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन प्रतिकुल देखिन्छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । गर्न खोजेका काममा विभिन्न समस्या आई लाग्ने छन् । धोका दिने छन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  नयाँ कार्य योजना अगाडि बढ्ने छन् । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  संघर्ष धेरै गर्नु पर्नेछ । प्रतिश्पर्धात्मक काममा सफल हुनुहुनेछ । परिश्रमको मुल्या पाईनेछ । विराधी कमजोर हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दुविधामा नपरि काम गर्नु होला । जीवन साथिको सहयोग लिएर काम गर्नु होला सफल हुनुहुनेछ । वौद्धिक मार्ग सफल देखिन्छ । व्यापार मन्द रहला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): शारीरिक शिथिलता बढ्नेछ । पारिवारिक खर्च वृद्धिले आर्थिक समस्या पर्न सक्छ । व्यापार घट्नेछ,दैनिक काममा अवरोध आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अरुबाट सहयोग त्यति पाईने छैन । आफ्नै लगनशिलतामा धेरै काम सफल हुनेछन् । आम्दानी बढ्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित