आजको राशीफलः २०१७ / १२ / ०२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्नो काम गर्न अरुको भरोसा गर्नुृ पर्ने छैन । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । विरोधीको योजना सम्पन्न हुन पाउने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आतिथ्यता खर्चमा वृद्धि हुनसक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । उपलब्धि विहिन यात्राको सम्भावना देखिन्छ । सम्बन्धमा सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  आत्मविश्वास बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । विरोधी कमजोर बन्नेछन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दनी हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले साथ दिनेछ । विगतमा गर्न नसकेका काम आज हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुनेछ । व्यापारमा सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अरुलाई विश्वासमा लिएर काम गर्नु होला । इज्जतमा दाग लाग्न सक्छ सजग रहनु होला । फलदायी यात्राको सम्भावना भने देखिन्छ । व्यापारबाट लाभ कम हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): परिस्थितिले साथ दिने देखिन्न । गलत विचार बढ्नेछ । काम गरेर हात लाग्यो शून्य हुनसक्छ । व्यापारमा नोक्सान हुनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य योजना अगाडि बढ्नेछन् । आफन्तबाट सहयोग पाईनेछ । प्रेममा सफलता मिल्नेछ । यात्राको अवसर आउन सक्छ । कार्य भार थपिनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गरेर जश पाईने छैन । परिश्रम बढि गर्नु पर्ला । विरोधी सँगको लडाईमा विजय प्राप्त हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मनमा दुविधा बढ्नेछ । पढाईमा अवरोध आउन सक्छ । यात्रामा कठिनाई हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ । अवसर गुम्न सक्छ सतर्क रहनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विचारमा विचलन आउन सक्छ । लेनदेन कारोवारमा गडबढ हुनसक्छ । शारीरिक दूर्वलता बढ्नसक्छ । घरयासी समस्या एवं खर्च बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कामको बोझ बढ्नेछ । कार्य गोपनियता अप्नाउनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अरुको भर विश्वास बढि नगर्नु होला । आर्थिक संरचना नचलाउनु होला । प्रयास गरेमा काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित