आजको राशीफलः २०१७ / ११ / ३०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनावस्यक खर्च बढ्नेछ । सम्पतिको विषयमा विवाद पर्न सक्छ । घरमा बस्न मन लाग्ने छैन । व्यापार घट्नेछ । मध्यान्ह पछि समयमा सुधार आउनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख शान्ति छाउने छ । मध्यान्ह पछि प्रतिकुल बन्नेछ काम गर्ने जोश जागर घट्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दिन सामान्यतया अनुकुल नै देखिन्छ । काममा देखिएका समस्या कम हुने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उद्योग पराक्रम बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापार मन्द रहनेछ । मानसिक तनावमा कमी आउनेछ । विशेष गरेर मध्यान्ह पछि समयमा सुधार आउनेछ । रोकिएका कामले गति लिनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । उचित लगनी एवं समय अभावका कारण प्रतिफल लिन पाईने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): व्यापार विस्तारै घट्नेछ । दैनिक काम काजमा विभिन्न खालका समस्या देखिन थाल्ने छन् । देखिएका सम्भावना क्षीण भएर जानेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अर्थको अनर्थ लागाउनेहरु पछि धकेलिने छन् । अन्योलमा नपरि काम गर्नु होला । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । यात्राको योग बनेकोछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  व्यापार व्यवसायबाट कम लाभ होला । काममा ढिला सुस्ति हुने देखिन्छ । आलस्यता बढ्नेछ । मनमा शन्ति मिल्ने छैन । पढाईको चिन्ता पर्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आजको दिन पनि त्यति अनुकुल देखिन्न । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । कारोवारमा समस्या आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कार्य क्षमता विस्तारै घट्नेछ । व्यापार व्यवसायमा देखिएका सम्भावना विलाएर जानेछन् । आफन्तजनको सहयोग मुखमा सिमित रहनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय सुधारोन्मुख छ । कार्य क्षमता बढ्नेछ । कामले शिघ्र गति लिनेछ । पराई आफन्त बन्ने छन् । लेनदेन कारोवारमा सजग रहनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  कार्य लगनशिलता विस्तारै घट्ने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन सोचे जस्तो हुनेछैन । प्रयत्न नगरि काम बन्ने छैनन ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित