आजको राशीफलः २०१७ / ११ / २८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रातकालमा गरेका काम सफल हुनेछन् । मध्यान्ह पछि खर्च बढ्नेछ । काममा अवरोध आउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  पराक्रम बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका कामबाट लाभ हुनेछ । व्यापार व्यवसायबाट आशा गरे भन्दा राम्रो आम्दानी हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयमा विस्तारै सुधार आउनेछ । विशेष गरेर मध्यान्ह पछि कामले गति लिनेछ । कार्य लगनशिलता बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक संकट आर्ई लाग्न सक्छ । चिन्ताले छोड्ने छैन । काम गरेर नाफा भन्दा घाटा हुनेछ । के गर्ने के नगर्ने भन्ने अन्यलोलता सृजना हुनसक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेमिकाबाट सहयोग पाईनेछ । भोग विलासिता बढ्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । तर मध्यान्ह पछि भने समयले कत्ति पनि साथ दिने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनोबल उच्च गरी काम गर्नु होला । स्वास्थ्य स्थिति सामान्य रहनेछ । नयाँ कामको सम्भावना देखिन्छ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार व्यवसायबाट सन्तुष्टि मिल्ने छैन । अन्योलता बढ्नेछ । यात्रामा कष्ठ हुने देखिन्छ । काम गर्दा विभिन्न खालका अवरोध आउनेछ । शत्रु वृद्धि हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  व्यापार व्यवसायबाट कम लाभ होला । काममा ढिला सुस्ति हुने देखिन्छ । आलस्यता बढ्नेछ । मनमा शन्ति मिल्ने छैन । पढाईको चिन्ता पर्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  प्रातःकाल थोरै अनुकुल छ । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला । सुख शान्ति कम मिल्नेछ । कार्य प्रगति घट्ने देखिन्छ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समय सुधारोन्मुख छ । रोकिएका कामले गति लिनेछ । कार्य लगशिलता बढ्नेछ । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रातःकाल भन्दा मध्यान्ह पछिको समय कम फलदायी देखिन्छ । लगानीका क्षेत्रमा हात नहाल्नुहोला पछि पश्चताप हुृनेछ । प्रयत्नपूर्व गरेका काम सफल हुनेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउने छ । मध्यान्ह पछि समयमा सुधार आउनेछ । अवरुद्ध कामले गति समाउनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित