आजको राशीफलः २०१७ / ११ / १३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समस्याबाट उन्मुक्ति मिल्ने छैन । भ्रममा नपरि काम गर्नु होला । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । जोखिम पूर्ण यात्रा नगर्नुहोला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  सुख,शन्तिमा वृद्धि हुनेछ । आफन्तको सहायोग मिल्नेछ । समस्या बढ्नेछन् धर्यैता पूर्वक समाधान गर्ने तिर लाग्नु होला । आलोचना सहनु पर्ने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  आज गरेका अधिकाँश काम सफल हुनेछन् । नयाँ सृजना हुनेछ । व्यापारमा उन्नति प्रगति हुनेछ । समयमा काम सम्पन्न गर्न तिर लाग्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अवसर बादिको संगत हुनसक्छ सतर्क रहनुहोला । ऋण लगानी गर्नु प्रतिकुल देखिन्छ । खर्च बढ्नेछ । प्रयत्न गरेमा काममा सफलता मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कुरा भन्दा काममा जोड दिनु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । अनावस्यक खर्चमा थोरै नियन्त्रण आउनेछ । उत्तम भोजन मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयले कम साथ दिनेछ । काम गरेर लाभ लिन कठिनाई हुनेछ । व्यर्थका काममा समय जानेछ । अनावस्यक मान्छेले दुःख दिने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा कर्म क्षेत्रमा प्रवेश गर्नु होला । कामबाट अरु प्रभावित हुनेछन्,सम्पन्न पनि हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ । जश मिल्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आत्म विश्वास बढ्नेछ । गरेका काम सरल तरिकाबाट सम्पादन हुनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने संकेत देखिने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सम्भावना क्षिण देखिन्छ । अनावस्यक काममा समय खेर जानेछ । व्यापार व्यवसाय मन्द रहनेछ । तर समयको गति सगै सुधारका संकेत देखिने छन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा अझै सुधार आउने देखिन्न । काम गर्दा समस्या झेल्नु पर्ला । आफन्तमा मनमुटाव बढ्नेछ । अर्थ क्षय हुन सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): ढिला गरेमा अवसर गुम्नेछ । समयको सदुपयोग गर्न पछि नपर्नु होला । समयमा गरेका प्राय काम सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  आर्थिक कारोवारमा समस्या आउनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ । उच्च मनोबलका साथ काम गर्नु होला अवस्यमेव सफल हुनुहुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित