आजको राशीफलः २०१७ / ११ / १२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अन्योलता बढ्न सक्छ । भलाईका काम हुनेछन् आफ्नो भलाई गर्ने कोहि हुने छैनन । आर्थिक कारोवारमा सजग रहनुहोला । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  कार्य क्षमता घट्नेछ भने मानसिक तनाव बढ्ने छ । गरेका कामबाट त्यति उपलब्धि हासिल हुने छैन । घरयासी समस्या बढ्ने छन् । खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयले साथ दिने देखिन्छ । काम गर्ने उत्साहा बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । हतारमा कुनै पनि निणर्य नलिनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक संरचनालाई नचलाउनृु होला । भावावेगमा आएर कुनै काम नगर्नु होला । धोका हुनेछ । गोपनियता अप्नाई लगनशिल भई गरेका काम सफल हुनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा सामान्य सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । फजुल खर्च घट्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ लिन सकिनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयले साथ कम दिनेछ । आम्दानीका मार्ग खुम्चिने छन् । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा हानी नोक्सानी हुनसक्छ । जोखिम मोलेर काम नगर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नोकरी तथा राजनीतिबाट लभान्वित हुनुहुनेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण काम हुनेछन् । व्यापार व्यवसायबाट पनि आम्दानी बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कर्म गर्न पछि नपर्नु होला, भाग्यले साथ दिदा धेरै काममा सफलता मिल्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा सामान्य सुधार आउनेछ । उपकारी काम गर्न पाईनेछ । लेनदेनका विषयमा भने बढि टाँउको दुखाउनु पर्ला । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दामपत्य जीवनमा अप्ठ्यारो पर्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । चिन्ता बढ्नेछ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): ग्रह,गोचर सामान्यतया अनुकुल जस्तै देखिन्छ । जीवन साथिको सहयोगमा काम बन्ने छन् । नयाँ कामको अभ्यास हुनेछ । यात्राको अवसर आउने सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काम गर्दा बाधा अवरोध पु¥याउन खोज्ने छन्,कार्य गोपनियता अप्नाई काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित