आजको राशीफलः २०१७ / ११ / ११

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्ने उत्साहामा कमि आउनेछ । व्यवसायिक प्रतिष्ठानमा समस्या देखिने छन् । पारिवारिक समस्या बढ्ने छन् । हेलचक्र्याई नगरि काम गर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आत्म विश्वास घट्ने छैन । अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख खर्चमा वृद्धि हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समय सुधारोन्मुख छ । लगनशिल भई का गर्नु होला सफल हुनुहुनेछ । आफन्तका कारण धन खर्च हुनसक्छ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अवसको पूर्ण सदुपयोग गर्नु होला । आर्थिक कारोवारमा बढि ध्यान दिनु होला । अनावस्यक खर्चलाई नियन्त्रण गर्नु होला । व्यापारमा सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनुकुल वातावरणमा काम गर्न पाईने छैन । खर्चमा तिव्रता आउनेछ । व्यापारबाट आम्दानी भन्दा घाटा बढि हुनेछ तर साँझपख समयमा सुधार आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काम गर्न सके दाम कमाउन सकिनेछ । हेलचक्र्याई नगरि काम गर्नु होला नत्र आएको अवसर गुम्न सक्छ ।  व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सामान्यततया दिन अनुकुल देखिन्छ । काममा देखिएका समस्या कम भएर जानेछन् । आम्दानी र सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  मानसिक चिन्ता घट्नेछ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । विशेष गरेर साँझपख समयले साथ दिनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  शारीरिक शिथिलता बढ्नेछ । आफ्नो धन अरुको लागि खर्च हुनेछ । आशा र भरोसा निरासामा परिणत हुनेछ । काम गर्दा आत्मबल नगिराउनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ । जीवन साथिको सहयोगमा काम बन्नेछन् । आयत निर्यात व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । साँभपख स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधीबाट काममा अवरोध आउनेछ । सामान्य प्रयसाबाट कुनै काम हुने छैनन । कार्य गोपनियता अप्नाई काम गर्नु होला । समय सुधारोन्मुख देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अन्योलमा नपरि काम गर्नु होला । निर्णय क्षमता कमजोर देखिन्छ । व्यापारबाट अल्प लाभ हुनेछ । अरुको विश्वास र भरोसामा काम नगर्नु होला ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित