आजको राशीफलः २०१७ / ११ / ०९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): उद्योग पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्त अल्प सहयोग पाइनेछ । मध्यान्ह पछि खर्च,विवाद र आलस्यता बढ्नेछ । काममा अवरोध आउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयको क्रम सगै काममा सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ । स्वास्थ्यमा ख्याल राख्नु होला । उद्योग धन्दा, बन्द व्यापारबाट आम्दानी बढ्नेछ । सहयोगी हात फेला पर्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  आफन्तको सहयोगमा केहि कमि आउनेछ । कामको लगनशिलता थोरै घट्नेछ । आर्थिक उन्नति कम हुनेछ । प्रयत्नहरु सफल हुनेछन् । कुरा भन्दा काममा जोड दिनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): फजुल खर्चमा वृद्धि हुनेछ । अरुको काम गरेर जश कमै मिल्नेछ । व्यापारबाट उचित लाभ लिन सकिने छैन तर अपरान्ह देखि भने समयले थोरै साथ दिनेछ । काममा प्रगति हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रातकाल थोरै अनुकुलछ, काम गर्न सके दाम कमाउन सकिनेछ । मध्यान्ह पछि समयले त्यति साथ दिने छैन । बाह्य सम्बन्ध विग्रिन सक्छ । स्वास्थ्यमा समस्या देखिनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): भाग्यले साथ दिदा धेरै क्षेत्रमा सफलता मिल्न सक्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुने देखिन्छ । सहयोगी मित्र भेटिने छन् । उधारो रकम उठ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अन्योलता हटेर जानेछन् । अवरुद्ध भएका बाटाहरु खुल्ने छन् । गलत विचार हटेर जानेछ । नयाँ कार्यारम्भ हुनसक्छ । कामको विषयमा अरुसँग कुरा नगर्दा राम्रो हुनेछ । गोपनियता भंग गर्दा दुख पाईनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  मानसिक एवं शारीरिक शिथिलता बढ्नेछ । खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । व्यापार घट्नेछ । खर्चमा वृद्धि हुनेछ । मध्यान्ह पछि समयमा सामान्य सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मध्यान्ह पछि समय प्रतिकुल बन्नेछ । सम्पन्न हुन लागेका काम रोकिन सक्छन् । समयमा नै साधन र शिपको सदुपायोग गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । वैदेशिक यात्राको योग बनेकोछ । काम गर्दा सवैलाई आफ्नो ठान्नु गलत हुनेछ । परिश्रमको फल मिल्नेछ । कार्य क्षमता बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  भ्रममा नपरि काम गर्नु होला । तपाईको काममा अरुले हस्तक्षेप गर्न सक्छन् सधै होशियार रहनु होला । यात्रा नगर्नु उचित हुनेछ । आफन्त पनि शत्रु बन्न सक्छन ? सतर्क रहनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  घरयासी समस्या घट्ने छैनन । शारीरिक शिथिलता बढ्नेछ । मुद्धा मामिलाको सम्भावना देखिन्छ । के गर्ने के नगर्ने भन्ने अन्योलता बढ्न सक्छ । हरेक काम गर्दा संवेदनशिल हुनुहोला ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित