आजको राशीफलः २०१७ / १० / १३

प. वेदनिधि तिमिल्सिना

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनावस्यक खर्च बढ्नेछ । सम्पतिको विषयमा विवाद पर्न सक्छ । दुःख कष्ट हैरानी बढि हुनसक्छ । घरमा बस्न मन लाग्ने छैन । व्यापार घट्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  सहयोग कम मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गरेका प्राय काम सफल हुनेछन् । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  आफन्तका कारण आर्थिक क्षय वेहोर्नु पर्नेछ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायबाट कम मुनाफा ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापार मन्द गतिमा अगाडि बढ्नेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावका कारण काममा असर पर्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । यात्रा कष्टपूर्ण हुनेछ । चोटपटकको भय देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार बढ्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा नयाँ काम हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रयत्न गरेमा रोकिएका काम सम्पन्न हुनेछन् । कार्य गोपनियता अप्नाएर काम गर्नु होला । सामाजिक काममा अभिरुची बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गर्दा दुविधामा नपर्नु होला । पढाई लेखाईमा समस्या आउन सक्छ । भाग्यमा अवरोध आउन सक्छ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । कारोवारमा समस्या आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ । पारिवारिक चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ  लिन सकिनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधी बढ्न सक्छन् काम गर्दा सतर्क रहनु होला । कारोवारमा सजग रहनु होला । पश्रिमको फल मिल्नेछ । मुद्धामा जीत हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दुविधामा नपरि काम गर्नु होला । समयमा निर्णय लिन नसक्दा अवसर गुम्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित