आजको राशीफलः २०१७ / १० / १२

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): उद्योग पराक्रम बढ्नेछ । व्यापारमा लगानी बढ्नेछ । लगानी अनुसारको प्रतिफल मिल्नेछ  । नोकरी,राजनीति तथा मुद्धा मामिलामा हात माथि पर्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आर्थिक कारोवारमा विचार पु¥याउनु होला । प्रयत्नपूर्वक काम गरेमा सफलता मिल्नेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  इच्छित काम सफल हुदा मनमा उमङ्ग बढ्नेछ । गतिरोधको अन्त्य हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापारमा पनि सुधार आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने वातावरण विग्रिनेछ । अनावस्यक विषयमा टाउको दुखाउनु पर्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्चमा वृद्धि हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सामान्य ग्रह गोचर चलेको छ । काम गरेमा लाभ हुनेछ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । ढिला सुस्ति गरेमा अवसर गुम्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काम गर्दा थप उर्जा मिल्नेछ । अधुरा कामले गति लिनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मानसिक तनावमा थोरै कमि आउनेछ । विना उपलब्धिका काममा समय खेर जानेछ । यात्राको सम्भावना पनि देखिन्छ । सहयोग कम मिल्ला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  स्वास्थ्यमा समस्या आउनेछ । वायु विकारले सताउनेछ । खर्चमा तिव्रता आउनेछ । सोचाईको विपरित काम हुनेदेखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अवरोधका बावजुद पनि कार्य सम्पादन हुनेछ । व्यापारमा सामान्य प्रगति हुनेछ । आय बढ्ला । काममा ढिला सुस्ति भने पटक्कै नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विरोधीको सक्रियता बढ्नेछ । परिश्रमपूर्वक गरेका काम सफल हुनेछ । व्यापारमा सुधार आउनेछ । सहयोगको अपेक्षा नराख्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । आर्थिक समस्या झेल्नु पर्नेछ । आफन्तले धोका दिन सक्छन् । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  घरयासी काममा बढि व्यस्त हुनु पर्नेछ  । साझेदारी काममा विवाद बढ्न सक्छ । काम गर्दा विभिन्न समस्या आउनेछन् । सहयोग कमै मिल्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित