आजको राशीफलः २०१७ / १० / ११

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरुको भरोसा गर्दा दुख पाईनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । नयाँ काम हात पार्न मेहनत बढि गर्नु पर्ला । कामबाट अरुले फाइदा लिन खोज्ने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गर्न सके दाम कमाईनेछ । इष्टमित्रको सहयोगमा आर्थिक उन्नति हुनेछ । संचित धन बढ्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  अनावस्यक खर्चमा कमि आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सोचाईको विपरित काम हुनेछन् ।मनमा ढुक्क र सुख्ख हुने छैन । आफन्तलाई सहयोग गर्नु वालुवामा पानी हाल्नु सरावर हुनेछ । व्यर्थकोे घुमाई फिराई होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन सामान्य अनुकुल देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पराक्रम बढ्ला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अवरुद्ध कामहरु अगाडि बढ्ने छन् । भाग्यले साथ दिने छ । व्यापारमा सुधार आउला । पारिवारिक सुख मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा सामान्य सुधार आउनेछ । काम गर्दा विवाद नगर्नु होला । योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल  हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  स्वास्थ्यमा समस्या आउन सक्छ, खान पानमा ध्यान दिनु होला । व्यापार घट्नेछ । चिन्ता बढ्नेछ । आशा र भरोसा निराशामा परिणत हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  विवादमा नपरि काम गर्नु होला । योजना बनाए काम गर्नु होला सफल हुनुहुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । गोपनियता अप्नाउन सकिएन भने काममा भाजो हाल्न आउने छन् । गरेका कामबाट लाभ भने लिन सकिनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दुविधामा नपरि काम गर्नु होला,अलमलमा पर्दा अवसर फुत्किन सक्छ ।लामो दुरिको यात्रा कष्टकर हुनेछ । व्यापारबाट लाभ कम हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  सहज रुपमा काम गर्न पाईने छैन विभिन्न झन्झट आई लाग्नेछन् ।खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित