आजको राशीफलः २०१७ / १० / १०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कुरा भन्दा काममा जोड दिनु होला । विना तयारी काममा लाग्दा उचित प्रतिफल पाईने छैन । कारोवार गर्दा सचेत रहनु होला । घरका समस्यासँग खेल्नु पर्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । आम्दानी बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयले साथ दिएको देखिदैन । अनावस्यक काम बढि हुन सक्छन् । काम गरेर जश कम मिल्नेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आकस्मिक आम्दानीको योग देखिन्छ । गरेका कामबाट लाभ हुनेछ । घरयासी समस्या समाधान हुनेछन् । काममा विलम्ब नगर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): वैदेशिक कार्य सम्पादन हुनेछन् । धन भन्दा श्रम लगानी बढि गर्नु होला । इज्जत बढ्नेछ । काममा नयाँ सम्भावनाहरु देखिने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अरुका काम गर्दा आफ्ना अधिकाँश काम अधुरा रहन जाने छन् । मानसिक तनाव घट्नेछ । विश्वासको संकट भने टरेर जाने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा समस्या आउने देखिन्छ । बन्न लागेका काम विग्रिने छन् । इज्जत प्रतिष्ठामा  आच आउन सक्छ । खर्च बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काममा विलम्ब नगर्नु होला । समयमा गरेका काममा सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । आम्दानीका मार्ग खुल्ने छन् । विरोधीबाट सतर्क रहनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): चाहेर मात्र काम गर्न सकिने छैन । यात्रामा समस्या आउन सक्छ । दुविधामा नपरि काम गर्नु होला । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पारिवारिक समस्या बढ्नेछ । धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । काम गर्न मन लाग्ने छैन । आफन्तबाट अपहेलित हुनुपर्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काम गर्ने जोश जागर घट्नेछैन । व्यापार व्यवसायबाट आम्दानीको बढ्नेछ । काममा विलम्ब र हतारमा निर्णय नलिनु होला ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित