आजको राशीफलः २०१७ / १० / ०९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रयत्न सफल हुनेछन् । सचेत भएर काम गर्नु होला । आर्थिक कारोवार गर्दा होशियार हुनुहोला । आम्दानी भन्दा नोक्सान बढि हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  झन्झटबाट मुक्ति मिल्नेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ ।  व्यापार व्यवसायबाट सामान्य आम्दानी योग देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  अनावस्यक झन्झट आई लाग्ने छन् । काम काजमा अवरोध आउने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापारमा मन्दि आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले साथ दिनेछ । पराक्रम बढ्ने छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आत्मविश्वास बढ्ने छ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । इज्जत बढ्नेछ । परिश्रमको फल राम्रो निस्कने छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा सामान्य सुधार आउने छ । फलदायी यात्राको सम्भावना देखिन्छ । सहयोग कम मिल्नेछ । काममा विस्तारै प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । अनावस्यक खर्च बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  जीवन साथिको सहयोग मिल्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । कर्म क्षेत्रमा नयाँ सम्भावना देखिन्छ । विदेश यात्राको योग देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  कार्य सम्पादनमा कठिनाई आउन सक्छ धैर्यतापूर्वक गर्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् । शत्रुको वक्रदृष्टि पर्नेछ । मुद्धा जितिने छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । अरुको भरोसामा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने जोश,जागर घट्न सक्छ । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै सफलता मिल्नेछ । आम्दानी खर्च वरावरै हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  पराक्रम वढ्नेछ । अधुरा कामले गति लिनेछ । गरेका काम अधिकाँश सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । सहयोग मिल्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित