आजको राशीफलः २०१७ / १० / ०८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले साथ दिनेछ । कामले गति लिनेछ । उत्तम भोजन मिल्नेछ । मनमा उत्साहा थपिनेछ । आम्दानी बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  अनावस्यक काममा समय र धन खर्चहुनेछ । झुट्टा आरोप लाग्न सक्छ । काम गर्ने जोश जागर घट्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  गरेका काम फलदायी रहनेछन् । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।  व्यापार व्यवसायबाट आय बढ्ला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम काज सहज र सरल तरिकाले बन्नेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । पराक्रम बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मानसिक तनावमा थोरै कमी आउनेछ । छोटो दुरीको यात्रा हुन सक्छ । आस्था र विश्वास थोरै बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): शारीरिक दुर्वलता बढ्नेछ । अनावस्यक काममा समय खेर जानेछ । यात्रामा कष्ट होला । खर्च बढ्ला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन सामान्यतया अनुकुल नै देखिन्छ । नयाँ कामको अवसर आउनेछ । वैदेशिक यात्राको योग देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । काम गर्दा अपयश आउन सक्छ । शत्रुको वक्रदृष्टि पर्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अन्योलता बढ्दा धेरै काम अधुरा रहन सक्छन् । आर्थिक समस्याले पिरोल्नेछ । खासै सहयोग पाईने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पारिवारिक समस्या बढ्ने छन् । संचित धन नास हुनसक्छ । काम गर्ने जोश जागर घट्नेछ । तनाव बढ्ला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): उद्योग,पराक्रम बढ्नेछ । नयाँ कामको अवसर आउनेछ । निर्णय क्षमता बढ्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दिन मध्यम छ । ऋण लगानीमा जोड नदिनु उचित हुनेछ । प्रयत्नपूर्वक गरेका काम अधिकाँश सफल हुनेछन् ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित