आजको राशीफलः २०१७ / १० / ०७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनावस्यक काम बढि हुनसक्छन् । विना उपलब्धिको यात्रा हुनसक्छ । व्यापार व्यवसयाबाट लाभ लिन सकिने छैन । धोकाको श्रृङ्खला दोहोरिन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  न्यायिक र वैतनिक मार्ग सफल देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  आशा र भरोसा गर्ने धेरै हुनेछन् । कार्य क्षमता बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । सहज र सरल तरिकाले धेरै काम सम्पादन हुनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफन्तबाट सहयोग अल्प मिल्नेछ । अरुको काममा बढि व्यस्त हुनु हुनेछ । वाह्य कुरालाई बढि ध्यान दिनु भयो भने आफ्ना काम अधुरा रहनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिएको धन डुब्न सक्छ । सहज रुपमा काम गर्ने वातावरण बन्ने छैन । व्यापार व्यवसायमा मन्दि आउने छ । स्वास्थ्य कामजोर हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काममा पारिवारिक सहयोग मिल्नेछ । घरका कुरामा धेरै नअल्झि काम गर्नु होला गरेका काम सफल हुनेछन् । वैदेशिक कारोवारमा सफलता मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सहजता देखिन्न । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला । लगानी कम गरि काम गर्र्ने प्रयत्न गर्नु होला । शत्रु पराजीत हुनेछन् । आम्दानीका स्रोत फेला पर्ने छन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दुविधा उत्पन्न हुनेछ । अन्योलका वीचमा काम गर्नु पर्ला । व्यापार व्यवसायबाट सामान्य लाभ होला । अरुको विश्वासमा परेर काम नगर्नु होला धोका हुन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  घरयासी समस्याबाट पीडित हुनु पर्ला । धन सम्पति चोरी वा हराउन सक्छ सजग,सचेत रहनु होला । आर्थिक कारोवारले टाउको दुखाउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काममा ढिला नगर्नु होला,जीवन साथिको सहयोग लिएर काम गर्नु होला । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । बन्धुबाट सहयोग मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ दिने देखिन्न । आफन्तबाट धोका दिने काम हुन सक्छ । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला । हैरानी बढि हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  कार्य क्षमता घट्ने छैन । ढिलो गर्दा सोचे जस्तो लाभ लिन सकिने छैन,अवसरको सदुपयोग गर्नु होला काम सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित