आजको राशीफलः २०१७ / १० / ०६ 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफन्तबाट असहयोग हुनेछ । फजुल खर्चमा वृद्धि हुनेछ । व्यर्थको घुमाई फिराई हुनेछ । कामबाट उपलब्धि कम हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): व्यापार व्यवसाय तथा पेशादिबाट आय स्रोत बढ्नेछ । काम गर्ने उत्साहा बढ्ला । पारिवारिक सहयोग,सहानुभूति मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  सहास,उमङ्ग र धैर्यता बढ्नेछ । रोकिएका काम बन्नेछन् । सामाजिका काममा अभिरुची बढ्ला । नयाँ काम मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्दा नाममा दाग लग्न सक्छ,इज्जत प्रतिष्ठा बचाएर काम गर्नु होला । बाह्य अलमल बढि हुनेछ । चिन्ताले छाड्ने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मानसिक तनाव बढ्नेछ । काम काजमा विलम्ब हुनेछ । स्वास्थ्य कमजोर बन्न सक्छ । सहयोगी हात खुुम्चने छन् । खर्च बढ्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): सामान्यतया दिन अनुकुल रहेकोछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन्् । वित्तिय क्षेत्रमा उन्नति प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शत्रु वृद्धि हुने योग छ । यत्नपूर्वक गरेका काम सफल हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  विचलित नभई काम गर्नु होला । निर्णय क्षमता घट्नेछ । पढाईमा अवरोध आउन सक्छ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्ने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  पारिवारिक समस्या बढ्नेछन् । काम गर्न मन लाग्ने छैन । धन सम्पतिको नास हुनसक्छ । स्वास्थ्यमा लगानी बढ्न सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने जोश जागर बढ्नेछ । गरेका कामबाट उचित लाभ हुनेछ । सहयोग मिल्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): – आर्थिक कारोवारमा थोरै ध्यान दिनु होला । आफन्त बनेर दुःख दिनेछ । गरेका काम सफल हुनेछन् । आफन्तको सहयोग अल्प मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । उत्तम भोजन र आशन प्राप्तको योगछ । लगनशिल भई गरेका काम बन्नेछन् । मिलेर काम नगर्नु होला ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित