आजको राशीफलः २०१७ / १० / ०५

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यर्थको घुमाई फिराई बढि हुनेछ । व्ययभार बढ्नेछ । आफन्तमा अविश्वासको वातावरण विकास हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  ग्रह गोचर ठीकै देखिन्छ । आम्दानीका दृष्टिले दिन राम्रो छ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समस्या समाधान भएर जानेछन् । काममा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): छोटो यात्रा हुनसक्छ । गुमेको विश्वास पलाउनेछ । मानसिक तनावमा थोरै कमि आउनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मानसिक तनाव बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन । दैनिक काम काजमा अवरोध आउनेछ । विभिन्न समस्या झेल्नु पर्ला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काममा वैदेशिक काम काजबाट लाभ हुनेछ । जीवन साथिको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि होला । नयाँ कामको अवसर आउन सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य सम्पादन गर्न कडा मेहनत गर्नु पर्ने छ । काम गर्दा शत्रु लाग्न सक्छन् सजग रहनु होला । परिश्रमको फल थोरै भए पनि मिल्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  अन्योलमा नपरि काम गर्नु होला । पढाई र भाग्यको चिन्ताले सताउनेछ । नोकरी तथा राजनीतिमा भने केहि सहज देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  घरमा समस्या सृजना हुनसक्छ । मात तथा आफ्नो स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्छ । खर्चमा तिव्रता आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): उद्योग,पराक्रम बढ्नेछ । अधुरा कामले प्राथमिकता पाउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गरेका काम सफल हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन मध्यम देखिन्छ । मेहनत अनुसारको प्रतिफल मिल्नेछ । आफन्तको सहयोग अल्प होला । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । गतिरोधको अन्त्य हुनेछ । आयत निर्यात व्यापारबाट आम्दानी बढ्नेछ । यात्राको योग देखिन्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित