आजको राशीफलः २०१७ / ०९ / १३

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): –हतारमा गरेका काम विग्रिन सक्छन्,सोच विचार गर्नु होला । वित्तिय कारोवार गर्दा सचेत रहनु होला । घरका समस्या बढ्नेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । आफ्नो काम गर्न पछि परिने छैन । सामाजिक प्रतिष्ठा बढ्नेछ । काम सहज र सरल तरिकाबाट बन्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयले पूर्ण साथ दिने छैन लगनशिल भई काम गर्नु होला । लाभदायक भन्द खर्चदायक काम बढि हुन सक्छन् । काम गरेर जश कम मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आकस्मिक आम्दानीको योग देखिन्छ । काम गर्दा सानातिना समस्या आए पनि गर्दै जादा सवै मिल्नेछन् । आफन्तको सहयोग मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मन, बचन र कर्मले लाग्नु होला । ढिलै भए पनि कार्य सम्पादन हुनेछन् । धन भन्दा श्रम लगानी बढि गर्नु होला । नयाँ सम्भावनाहरु देखिने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अरुका काम गर्दा आफ्ना अधिकाँश काम अधुरा रहने छन् । अविश्वासको संकट भने टरेर जाने देखिन्छ । मानसिक तनावमा कमि आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा समस्या आउने देखिन्छ । बन्न लागेका काम विग्रिने छन् । इज्जत प्रतिष्ठामा  आच आउन सक्छ । स्वास्थ्य कमजोर बन्न सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दैनिक काममा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । यात्राको सम्भावना देखिन्छ । जीवन साथिको सहयोगमा काम बन्ने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  यत्नपूर्वक गरेका काम सफल हुनेछन् । आम्दानीका मार्ग खुल्ने छन् । विरोधीबाट सतर्क रहनु होला । वादविवादमा जीत हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मनले चाहेर मात्र काम हुने छैनन् । यात्रामा समस्या आउन सक्छ । दुविधामा नपरि काम गर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पारिवारिक समस्या बढ्नेछ । धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । काम गर्न मन लाग्ने छैन । झै झमेलामा परिनेछ । खर्च बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट आम्दानीको बढ्नेछ । हतारमा निर्णय नगर्नु होला । प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित