आजको राशीफलः २०१७ / ०८ / १२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):  निर्यात र आय घट्नेछ,आपूर्ति बढ्नेछ । सम्पतिको विषयमा विवाद पर्न सक्छ । घरमा बस्न मन लाग्ने छैन । आफन्तका काममा व्यस्त हुनुपर्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयमा काम गर्नु होला ।व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख शान्ति छाउने छ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  कार्य सम्पादनका दृष्टिले दिन उत्तम रहेको छ । काममा देखिएका समस्या कम हुने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उद्योग पराक्रम बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धार्मिक आस्था र विश्वास बढ्नेछ । व्यापार मन्द रहनेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावका कारण काममा असर पर्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  अन्योलता बढ्नेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । यात्रा कष्टपूर्ण हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  समयको पूर्ण सदुपयोग गर्नु होला ढिला गर्दा घाटा हुनेछ । व्यापार बढ्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा नयाँ काम हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफन्तका कारण आलोचित हुनु पर्नेछ । अन्योलमा नपरि काम गर्नु होला । विरोधीको सक्रियता बढ्नेछ सतर्क रहनुहोला । ऋण बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  मार्गचित्र स्पष्ट गरेर अगाडि बढ्नु होला तव सफलता मिल्नेछ । पढाई लेखाईमा ध्यान जानेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  स्वास्थ्य कमजोर बन्न सक्छ । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । कारोवारमा समस्या आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आस्था र विश्वास बढ्नेछ ।धार्मिक काममा सहभागि हुने अवसर आउन सक्छ । कार्य क्षमता घट्नेछैन । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विवादबाट टाढा बसेर काम गर्नु होला । आर्थिक कारोवारमा सजग रहनु होला । अरुको भर नपरि काम गर्नु होला । शत्रुले दुख दिन सक्छन् सतर्क रहनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । ढिला गर्दा फाइदा अरुले लिने देखिन्छ । पढाई लेखाईमा ध्यान जानेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित