आजको राशीफलः २०१७ / ०८ / ० ७  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामाजिक प्रतिष्ठा बढ्नेछ । कार्य सम्पादन सरलता तरिकाले हुनेछन् । नोकरीमा नयाँ अवसर आउन सक्छ । भौतिक सम्पतिको दुरुपयोग हुनसक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  फुटेको मन टुटेको विश्वास पलाउनेछ । तनावमा काम नगर्नु होला । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  स्वास्थ्य कमजोर बन्नेछ । गर्न खोजेका काम पनि बन्ने छैनन । आफन्तको नियत सफल रहने छैन विश्वास घात हुन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दैनिक काम काजमा प्रगति हुनेछ । हिसाव कितावमा काम गर्नु होला । व्यापारबाट आम्दानी बढ्नेछ । जीवन साथीको सहयोगले महत्व राख्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  सजग र सचेत रहनु होला,विरोधीको बक्रदृष्ठि पर्ने छ । काम गर्दा त्रुटी हुन सक्छ विचार गरेर गर्नु होला । व्यापारमा सुधार देखिनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  काम गर्दा अलमल बढि हुनसक्छ दृढनिश्चयका साथ अगाडि बढ्नु होला । यात्रा कष्टपूर्ण हुनसक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): जोशमा होस नगुमाई काम गर्नु होला । घरयासी समस्या बढ्ने छन् । धन माल हराउन वा चोरी हुनसक्छ । आफन्त बनेर धोका दिनसक्छन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  सहासिक काम हुनेछन् । काम गरे अनुसारको दाम हात पर्नेछ । बन्द व्यापारमा प्रगति हुनेछ । नयाँ कामको अवसर आउन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दिन मध्यम खालको देखिन्छ । कसैलाई पनि वोलि नफुत्काउनु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । गरेका काम सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पारिवारिक सहयोग मिल्नेछ । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । उच्चमनोबलका साथ काम गर्नु होला । गरेका काम सफल हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन प्रतिकुल देखिन्छ । शत्रुबाट पीडित हुनुपर्ला । दुःख,कष्ट बढि हुनेछ । व्यापारबाट आफुले सोचे जस्तो लाभ लिन सकिने छैन । खर्चमा वृद्धि हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  विना तयारी काममा लाग्दा उचित लाभ लिन सकिने छैन । योजना बनाएर अगाडि बढ्नु होला । व्यापारबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित