आजको राशीफलः २०१७ / ०८ / ०९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । कार्यक्षेत्रबाट बाहिर नजानु होला गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  असहज स्थितिमा पनि कार्य सम्पादन हुनेछन् । काम गर्ने उत्साहामा थोरै बढ्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  कर्म अनुसारको फल मिल्नेछ । काममा लगनशिलता बढाउनु पर्ने देखिन्छ । आफुले गरेका कामबाट अरुलाई फाइदा पुग्न सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धैर्यताको बाध फुट्नेछ भने विश्वास र भरोसा टुट्नेछ । कसैबाट सहयोगको आशा गर्नु वेकार हुनेछ । आवस्यकता भन्दा बढि खर्च हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  मिलेर भन्दा एक्लै गरेका काम बढि फलदायी होलान । लगनशिलता थोरै बढ्नेछ । साना तिना काम गर्नलाई कुनै कठिनाई पर्ने छैन । व्यापारबाट आय आर्जन बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  विरोधीको चक्रव्यूहबाट जोगिएर काम गर्नु होला । लगनशिल भई मेहनतका साथ गरेका काम सम्पन्न हुनेछन् । अरुको विश्वासमा मात्रै काम नगर्नु होला । व्यापार मन्द रहला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): योजना नबनाई अगाडि बढ्दा दुख पाईनेछ । कार्य सम्पादनमा कठिनाई हुनेछ । काम गरेर अनुसारको प्रतिफल कम मिल्नेछ । व्यापार घट्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  चिन्ता मग्न दिन रहला । पारिवारिक समस्या बढ्नेछन् । सोचाईको विपरित काम हुने देखिन्छ । अकारण धन खर्च गर्नु पर्ने बाध्यता पर्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काम गर्ने बातावरणको विकाश हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दनी हुनेछ । बचतमा कठिनाई हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आफन्तका कारण अप्ठ्रोमा परिनेछ । संचित धनको नास हुनसक्छ । प्रयत्न गरेमा काम बन्नेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मिलेर भन्दा एक्लै गरेका कामबाट बढि लाभान्वित हुनुहुनेछ । कार्य लगनशिलता बढाउनु होला । दुविधामा नपरि काम गर्नु होला । गरेका काम सफल हुनेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  उपलब्धि विहिन काममा धन लगानी हुनेछ । नैतिक्ता माथि प्रश्न चिन्ह उठाउने छन् । नयाँ काममा हात नहाल्नु होला क्षति हुनसक्छ । समयमा काम हुने छैनन् ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित