आजको राशीफलः २०१७ / ०८ / ०४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मानसिक तनावमा थोरै कमि आउनेछ । काम गर्ने पूर्ण वातावरण बन्ने छैन । आस्था र विश्वास थोरै बढ्नेछ ।  व्यापारबाट आय आर्जन खासै हुने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  स्वास्थ्य कमजोर हुनसक्छ । आशा गरे अनुसारको काममा सफलता मिल्ने छैन । काम गर्दा हेलचक्रयाई नगर्नु होला विग्रिने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयको आयात निर्यात व्यापारमा वृद्धि हुनेछ । गरेका काम सफल हुनेछन् । तपाईबाट सहयोगको अपेक्षा राख्ने छन् । आयको केहि हिस्सा खर्च हुनेछ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य सम्पादन गर्न कठिनाई हुनसक्छ । अलमलमा पर्नु भयो भने धेरै काम पछाडि धकेलिने छन् । आर्थिक कारोवारमा तनाव बढि हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  अलमलमा पर्दा कार्य विमुख हुने अवस्था आउन सक्छ । पढाई लेखाई तिर भन्दा आर्थिक कुरामा बढि ध्यान केन्द्रित हुनेछ । व्यापार व्यवसायबाट अल्प हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  पारिवारिक खर्च बढ्नेछ । काम गर्दा विरोध आउन सक्छ । आलस्यता नै शत्रु सम्झनु होला । कारोवार गर्दा सतर्क रहनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने उत्साहामा वृद्धि हुनेछ । अवरुद्ध कामहरु अगाडि बढ्ने छन् । नयाँ कामको प्रस्ताव आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आर्थिक प्रलोभनमा परेर काम गर्दा उल्टो गुमाउने अवस्था आउन सक्छ । कर्म प्राप्तिको चिन्ताले छाड्ने छैन । आफन्तमा मन मुटाव बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा सामान्य सुधार आउनेछ । काम गर्ने वातावरण थोर्रै मिल्नेछ । आर्थिक क्षेत्रमा पनि थोरै सुधार आउनेछ । सहयोगको आशा गरेका ठाँउबाट थोरै पाईने छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विश्वासमा तुषारापात हुनेछ । गरेका कामबाट दाम र नाम खोसिन सक्छ ।  व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । व्यर्थको आरोप सहनुपर्ला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय सामान्य अनुकुल देखिन्छ । आर्थिक क्षेत्र सुधारोन्मुख छ । लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अबरुद्ध कामले गति लिनेछ । गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा मंगलिक काम हुन सक्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित