आजको राशीफलः २०१७ / ०७ / १८

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले साथ दिनेछ । काम काजमा प्रगति हुनेछ । आफुलाई मन पर्ने भोजन मिल्नेछ । घर परिवारबाट आशा गरे अनुसारको सहयोग पाईने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  सहज रुपमा काम हुने छैन । आम्दानीमा कमी आउन सक्छ । घुमाई फिराई बढि हुनसक्छ । व्यवसायिक क्षेत्रमा समस्या आउन सक्छ । मनोबल गिर्ने छैन ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  वोली नफुत्काउनु होला । आकस्मिक आम्दानीको योग देखिन्छ । परिवारमा सुख,शान्ति मिल्नेछ । व्यापारमा वृद्धि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य व्यस्तता वढ्नेछ तर हतारमा निर्णय नगर्नु होला । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  आनन्द सँग बस्न पाईने छैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ । उपलब्धिका काममा अवसरोध आउनेछ । पढाई लेखाईमा ध्यान जानेछैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  मनोरोग बढ्न सक्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । दुःख कष्ट हैरानी बढि हुने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दुष्टहरुको आगमन हुनसक्छ, भाग्य खोसिन सक्छ सजग भएर काम गर्नु होला । मेहनत बढि गर्नु पर्ला परिश्रमको प्रतिफल भने राम्रो मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  श्रमको मुल्य पाईने छैन । अनावस्यक ठाँउमा लगानी बढ्न सक्छ । भय,त्रास र आतुरमा काम गर्दा विग्रिन सक्छन् । परिवारमा द्वन्द चल्न सक्छ होशियार हुनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्दा विवाद बढ्न सक्छ । घरयासी खर्चमा तिव्रता आउनेछ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घट्नेछ । भ्रम बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आत्मबल,आत्मविश्वास बढ्नेछ । मुद्धा मामिल,बादविबादमा जीत हात लाग्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । नयाँ कामको अवसर आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  आम्दानी खर्च वारवरै जस्तो हुनेछ । प्रयत्न गर्न सके काममा प्रगति हुनेछ । पढाई लेखाईमा भन्दा अन्य काम चासो बढि हुनेछ । सहयोग अल्प मिल्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित