आदरणीय साथीहरू,
नमस्कार
गैरआवासीय नेपाली अभियान देश विकासमा योगदान पु¥याउने उद्देश्यले सुरु भएको यहाँहरु सबैमा बिदितै छ । ‘देशले के दिन्छ भन्दा पनि देशलाई के दिन सकिन्छ’ भन्ने पवित्र उद्देश्यबाट प्रेरित यो अभियान अहिले विश्वको झण्डै ७० वटा मुलुकमा विस्तार भइसकेको छ । यो अभियानको सुरुवातबाटै संलग्न हुन पाएकोमा म अहिले पनि गर्वको महशुस गरिरहेको छु ।Kapildev thapa

यो अभियानको प्रारम्भबाटै जापानबासी नेपालीहरुको नेतृत्वदायी भूमिका रहँदै आएको छ । सोही क्रममा जापानबासी अग्रज र सहकर्मी मित्रहरुको आग्रहमा सन् २००६ देखि २००८ सम्म मैले पनि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएको थिएँ । त्यसबेला बाटै म यो अभियानमा क्रियाशील रहँदै आएको यहाँहरुमाझ घामझैं छर्लङ्ग छ ।
देशमा आइपरेका कुनै पनि विपद होस् कि संघलाई कानुनी वैधता दिलाउने अभियानमा होस् म सँधै गैरआवासीय नेपाली अभियानका अगुवाहरुसँगै कार्यक्षेत्रमा रहने गरेको छु । संघलाई कानुनी वैधता दिलाएसँगै ‘एक पटकको नेपाली सँधैको नेपाली’ गैरआवासीय नेपालीलाई मताधिकारजस्ता एजेण्डा स्थापित गराउने क्रममा पनि मैले अभियानका अगुवाहरुसँगै क्रियाशील रहने मौका पाएको छु । मेरो क्रियाशीलताकै कारण अभियानको नेतृत्वले दिने गरेको हरेक जिम्मेवारी मैले तन, मन र धनका साथ पूरा गरेको छु । यो बीचमा मैले कुनै पनि काम गर्न कुनै पदको अपेक्षा गरिनँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले दिएको विभिन्न टास्कफोर्समा रहेर आफूलाई समर्पित गरिरहेको यहाँहरुमाझ स्पष्ट छ । अहिले पनि एनआरएनए आइसीसीको मानवीय कल्याणकारी सहायता समितिको एसिया प्यासिफिक संयोजकको रूपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेको छु ।
अहिले हाम्रो मातृभूमि एक प्रकारको प्रसव वेदनाबाट गुज्रिरहेको यहाँहरु सबैले महशुस गर्नुभएकै छ । एकातिर नयाँ संविधान निर्माणसहित मुलुक संघीय लोकतान्त्रिक पद्धतिमा जाँदैछ भने अर्कातिर हालै गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएका संरचनाहरु पुनःनिर्माण गर्नुपर्ने दायित्व देशसामु छ । यही घडीमा विश्वका विभिन्न मुलुकलाई कर्मथलो बनाएर बसेका गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । यो नेतृत्वको जिम्मेवारी स्वभाविक रुपमा ऐतिहासिक हुने निश्चित छ ।
एकातिर गैरआवासीय नेपाली संघका ‘एक पटकको नेपाली सँधैको नेपाली’, आफ्नो मातृभूमिको नेतृत्व चयनमा भूमिकाका लागि ‘मताधिकारको व्यवस्था’, विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको समस्या समाधानको पहल, खाडीलगायतकमा मुलुकमा रहेका नेपालीहरुको समस्या समाधानजस्ता विषयमा मात्र होइन, नयाँ संविधान जारी भएपछि बन्ने संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको विकास र विनाशकारी भूकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुनःनिर्माणमा समेत गैरआवासीय नेपालीहरुको भूमिका राष्ट्रले खोजिरहेको छ । तसर्थ स्थापनाकालदेखिको निरन्तरको क्रियाशीलतालाई मैले भावी चुनौतिसँग जोड्दै पदीय जिम्मेवारीबोध गरेको छु । यो चुनौतिपूर्ण घडीमा पदीय जिम्मेवारीसहित आफूलाई कार्यक्षेत्रमा उतार्न यहाँहरुको महत्वपूर्ण सहयोगको अपेक्षा गरेको छु । त्यसैले आगामी सेप्टेम्बरमा हुने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यका लागि उम्मेदवारी दिएको छु । यहाँहरुले मेरो उम्मेदवारीलाई सहर्ष स्वीकार गर्दै यो अभियानमा अझ तन, मन, धनसहित क्रियाशील रहन विजयी गराउनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।
मैले हालसम्म गरेका कार्यहरुको संक्षिप्त विवरणः

शिक्षा

देश विकासमा शिक्षाको भूमिका महत्वपूर्ण हुने हामी आम गैरआवासीय नेपालीहरुको बुझाई हो । तर, अझै पनि देशका दूरदराज मात्र होइन, राजधानी नजिकैका क्षेत्रका बालबालिकाले सहज ढंगले शिक्षा पाउन सकेका छैनन् । विद्यालय जाने बालबालिका पनि पर्याप्त भौतिक पूर्वाधार अभावमा शिक्षा पाउनबाट बञ्चित रहेको यथार्थ सबैसामु छ । त्यसैले मैले सामाजिक कामको पहिलो प्राथमिकता शिक्षालाई दिने गरेको छु । सोही क्रममा मकवानपुर, धनुषा, काभ्रेसहितका चार जिल्लामा १२ वटा माध्यामिक विद्यालय भवन, चार वटा सामुदायिक भवन निर्माण गरेको छु।

(विवरण हेर्न यो लिंकमा क्लिक गर्नुहोस)

विभिन्न संघसंस्था र व्यक्तिको पहलमा सुरु भएको यो अभियान अझै जारी छ । अहिले विनाशकारी भूकम्पले झनै देशका विभिन्न जिल्लामा विद्यालयहरु खण्डहर बनेका छन् । त्यसैले आगामी दिनमा यसलाई अभियानकै रुपमा अघि बढाउने लक्ष्य लिएको छु । त्यसमा यहाँहरु सबैको साथ सहयोगको अपेक्षा गरेको छु ।
नेपालमा शिक्षाको कुरा गर्दैगर्दा विदेशमा रहेका नेपाली रहेका हाम्रा बालबालिकाको शिक्षालाई पनि हामी भुल्न सक्दैनौ । तसर्थ हाम्रा नेपाली परिवारका बालबालिकालाई मध्यनजर गर्दै तपाई–हामीले टोकियोमा खोलेको एभरेष्ट इन्टरनेशनल स्कुललाई नेपाल सरकारबाट नेपाली पाठ्यक्रम अनुबन्धन गर्नका लागि हामीले पहल गरेको तथ्य पनि साथीहरूलाई अवगत नै छ । यसै क्रममा जापानको उच्च प्रविधिबाट पढाई हुने विभिन्न व्यवसायिक विषयका शिक्षा र जापानी भाषालाई जापान र नेपाल सरकारको सहमति र हाम्रो सहकार्यमा नेपालस्थित विभिन्न कलेज एवं स्कुलहरूमा पढाउने सन्दर्भमा पनि हाम्रो पहल जारी छ । यदि हाम्रो यो पहलले सार्थकता पायो भने भविष्यमा जापान आउने विद्यार्थी वर्गले भोग्दै आएका विविध समस्या समाधान हुने अपेक्षा हामीले राखेका छौं ।

(भिडियो कुराकानीका लागि यो लिंकमा क्लिक गर्नुहोस्)

गृहिणी शिक्षा

घरमा एउटी आमा शिक्षित भए सिंगो परिवार नै शिक्षित हुने भनाइले मलाई सँधैं घचघच्याउने गरेको छ । यही तथ्यलाई आत्मसाथ गर्दै विभिन्न जिल्लामा सञ्चालन गरिएको ‘गृहिणी शिक्षा र आयआर्जन’ कार्यक्रममार्फत धेरै आमा दिदीबहिनीले अक्षर चिन्न सफल भएका छन् । अक्षर चिनेसँगै उनीहरुलाई आर्थिक रुपमा पनि सबल बनाउने उद्देश्यसहित बाख्रा वितरण गरिएको छ । हाम्रो यो कामलाई राज्यले समेत सह्राना गरेको छ ।
भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

स्वास्थ्य क्षेत्र

स्वास्थ्य मानिसको सबैभन्दा ठुलो सम्पत्ति हो । तर, अहिले पनि ग्रामीण क्षेत्रमा स्वास्थ्यमा आम नागरिकको सहज पहुँच छैन । कतै स्वास्थ्यचौकी छैन त कतै औषधी अभाव छ । त्यसैले हामीले हरेक वर्ष विभिन्न स्थानमा चिकित्सिकसहितको स्वास्थ्य शिविर सञ्चालन गने गरेका छौ । त्यसबाट धेरै नेपालीले लाभ लिएका छन् । हामी सबैलाई थाहा छ, हाम्रो मातृभूमिको भौगोलिक विषमता । यस्तो अवस्थामा हुने दुर्घटनाका घाइते वा अन्य विरामी लिएर अस्पतालसम्म पुग्न स्ट्रेचरसमेत नरहेको अवस्थामा एम्बुलेन्स कल्पनाबाहिरको कुरा थियो । तसर्थ म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष रहेकै बेला दश वटा एम्बुलेन्स नेपाल भिœयाउने अभियान सुरु भएको थियो । त्यसअन्तर्गत चार वटा नेपाल लगिसकिएको छ । यसलाई अझ निरन्तरता दिनु आवश्यक ठानेको छु । साथै अपांगता पीडितहरुका लागि यही वर्ष अक्टोबरमा हुने एनआरएन विश्व सम्मेलनको सन्दर्भमा १० थान ह्वीलचियर वितरण गर्ने तयारी गरेको छु । यसअघिसमेत तीन सय बढी ह्वीलचियर वितरण गरिसकेको छु । स्वास्थ्यका लागि शुद्ध पानीसमेत आवश्यक रहेन भएकाले देशका विभिन्न ह्याण्ड पम्पसमेत जडान गरेको छु ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

प्रविधिमा पहुँच

अबको पुस्तालाई समय सान्दर्भिक प्रविधिमा पहुँच पु¥याउनुसमेत आवश्यक छ । त्यसैले एनआरएनएले ‘एक गाउँ एक ई–पुस्तकालय’ वा इ–सामुदायिक पुस्तकालय भन्ने अवधारणा अघि सारेको मित्रहरूलाई अवगत नै छ । एनआरएनएको यो अभियानलाई नयाँ नेतृत्वले गाउँगाउँसम्म पु¥याएर प्रत्येक नेपाली गाउँमा एउटा ई–पुस्तकालय स्थापना गर्ने कार्यमा हामीलाई साथ–सहयोग प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा लिएको छु ।

बुद्ध नेपालमा जन्मिएका हुन्

हामी सबैलाई थाहा छ गौतम बुद्धको जन्म नेपालमा भएको हो । तर, मित्र राष्ट्र भारतसहित विश्वका विभिन्न मुलुकको पाठ्यक्रममा बुद्ध भारतमा जन्मेको उल्लेख छ । तसर्थ उक्त भ्रम मेटाउन र ऐतिहासिक तथ्य स्थापित गराउन गैरआवासीय नेपाली संघले अभियान नै थालेको हामी सबैलाई थाहा छ । सोही क्रममा भगवान गौतम बुद्ध नेपालमा जन्मनु भएको हो भन्ने कुराको पुष्टि हुने ‘द शाक्यज’ नामक नेपालको बुद्धका सन्तती शाक्यहरूको वंशावलीलाई जापानी भाषामा २० हजार प्रति प्रकाशन गरेर जापानका करिब २०० वटा बुद्धबिहारमा वितरण गरेको थिएँ । उक्त किताबको नाम जापानी भाषामा ‘शाकजोकु’ रहेको छ ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

विनाशकारी भूकम्पको बिपत्तिपछि हाम्रो भूमिका

२०७२ साल बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प हामी सम्झन पनि चाहँदैनौ । तैपनि त्यसले दिएका पीडाहरु अझै आलै छन् । विनाशकारी भूकम्पले देशलाई थिलथिलो बनाएका बेला उद्धार र राहतमा गैरआवासीय नेपाली समुदायले खेलेको भूमिकाको अहिले पनि उच्च प्रशंसा भईरहेको छ । त्यस अभियानमा मेरो मात्र होइन, मेरो सिंगो परिवारलाई नै परिचालन गर्न पाएकोमा मलाई अहिले पनि गर्व लागिरहेको छ । रातदिन नभनी राहत वितरण र उद्वारमा खटिँदा भोगेका पलहरु अहिले पनि सम्झना छ । उद्वार र राहतको काम सकिए पनि अझै पुनःनिर्माणको काम बाँकी छ । त्यो महान कार्यमा मैले आफूलाई सँधै अग्रपंक्तिमा राख्ने निष्कर्ष निकालेको छु । यसमा तपाई गैरआवासीय नेपालीहरुको सहयोग रहने अपेक्षा गरेको छु ।

र, अन्त्यमा

गैरआवासीय नेपाली संघ एउटा विशुद्ध सामाजिक संस्था हुनु र सामाजिक काम गर्ने इच्छा मनभरि भएकैले मैले यसपटक एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदको जिम्मेवारी लिन चाहेको हुँ । नयाँ संविधान बनेपछि सुरु हुने राष्ट्रनिर्माण र विनाशकारी भूकम्पले ध्वस्त बनाएका संरचना पुनःनिर्माणमा अहिले गैरआवासीय नेपाली समुदायको भूमिका महत्वपूर्ण रहने निश्चित छ । आनै समुदायको हितका क्रियाशील रहनुका साथै राष्ट्र निर्माण अभियानमा समेत सक्रिय सहभागिताका लागि मैले यसपटक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा उम्मेदवारी दिएको छु । यहाँहरुको अमूल्य मतसहित विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास छ ।

तपाईंहरूकै
कपिलदेव थापा
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानका तर्फबाट आइसीसी पदका उम्मेदवार