फोटो

  • आमाको माया:

    चितवनको सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको हात्तीसारमा आमासँग लुटपुटिंदै हात्तीको छावा । तस्बिर: नारायण ढुंगाना
  • कर्णाली करिडोर

    बाजुराको पिलुचौरमा नेपाली सेनाको नेतृत्वमा कर्णाली करिडोरअन्तर्गत खोलिएको सडकको ट्रयाकमा हिँडिरहेका खच्चर ।
  • शान्तिको प्रतिक :

    सिंहदरबार परिसरको मुख्य प्रशासनिक भवनमा बास बस्न लागेका परेवाहरु । फोटोः समुद्रपारि
  • खानेपानीको जोहो

    गोरखा बुंकोटका महिलाहरु गाग्रीमा खानेपानी बोक्दै । यहाँ पानीको अभाव हुँदा सरसफाई, तरकारी बाली सिँचाइ गर्न र पुनर्निर्माणका काम समेत अघि बढाउन सकस भएको छ ।
  • दाप्चा बजार

    काभ्रेको दाप्चा बजारमा द्धन्द्धकालीन समयमा ध्वस्त पारिएको बैंक हालसम्म पुनःस्थापना हुन नसक्दा स्थानीय क्षेत्रको आर्थिक उन्नतिमा ठूलो समस्यामा परेको छ ।
  • डुङ्गामा सरर

    कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवरका स्थानीयवासी डुङ्गाको साहारामा स्थानीय जोगबुढा नदी तर्दै ।
  • आहा हाम्रो हिमाल

    म्याग्दीको ताकम धारापानीबाट देखिएको धौलागिरि हिमाल ।
  • राराको सौन्दर्य

    दुई हजार ९९० मिटर उचाईमा रहेको मुगुको रमणीय रारा तालको गहिराई १६७ मिटर छ ।
  • धनगढा पार्क:

    चितवनको भरतपुरको केन्द्रमा रहेको धनगढा पार्कको पोखरीको बीचमा बनाइएको आकर्षक मन्दिर । यो धनगढा पार्क आकर्षण भएपनि प्रचार अभावमा ओझेलमा परेको छ । तस्बिरः नारायण ढुंगाना
  • बैतडीको पाटन

    सुदूर पश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी भएको छ ।
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित