विचार

  • मैले भोगेको सुनामी

    कुरा २०६७ फाल्गुण २७ तदनुसार २०११ मार्च ११ गते जापानी समय दिउँसो २:४६ बजेको हो । जापानको पुर्वी भागमा आएको बिनाशकारी ९.० रेक्टरको महाभूकम्प र त्यसपछि आएको बिनाशकारी सुनामीको बारेमा थाहा नपाउने अर्थात थाहा नभएको ब्यक्ति सायद कमै छन् होला । उक्त सुनामीबाट ३० हजारभन्दा बढि मानिसको ज्यान जानुको साथै खरबौंको आर्थिक क्षति जापान सरकारले ब्यहोर्नु परेको र यहि महाभूकम्प र सुनामीको कारणले फुकुसिमास्थित आणबिक भट्टि बिष्फोटन र त्यहाँबाट निस्केको खतरनाक बिकिरणले मानब शरिरमा पर्ने क्षति साथै उक्त ठाउँबाट झण्ड...
  • पौडी खेल्दा झण्डै डुबेको

    बामदेव गौतम, उपाध्यक्ष, एमाले भाइबहिनीहरू, म २८ असार २००५ मा राप्ती अञ्चल, प्युठान जिल्लाको दाखाक्वाडी गाविसस्थित क्वाडीमा जन्मेको हुँ । क्वाडी जिल्ला सदरमुकामबाट नजिकैको दूरीमा पर्छ । बुबाको नाम कविराम उपाध्याय हो भने आमाचाहिँ पद्मादेवी । उच्च किसान वर्गमा पथ्र्यो हाम्रो परिवार, मलाई लाडप्यारमै हुर्काइयो । मैले गाउँकै आधार पाठशालाबाट शिक्षारम्भ गरेको हुँ । एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष मोहन वैद्य किरणका बुबा सो पाठशालाका हेडमास्टर थिए । मैले दुर्गाकवच पढ्न सुरु गर्दा किरणजी कौमुदी पढ्दै...
  • गरिमामय नारीत्व र मातृत्वलाई सबैले सम्मान गरौं !

    आज ८ मार्च, १०२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको दिन ! विश्वभरिका महिलाहरुको महान् दिन, महिला स्वतन्त्रता र अधिकारको प्रतिक !! नारी गरिमा र महिमा स्मरण गराउने ऐतिहासिक दिन !!! पंचायती कालरात्रीको चरम दमनका अनगिन्ति चक्रब्यूहहरुका लाठी र अश्रुग्यास अनि पंचायती सुरक्षा बलका घेराहरुलाई चिर्दै र छिचल्दै हाम्रा आमा भाउजु दिदी-बहिनीहरुले यस दिन लैंगिक भेदभावको साथै सबैखाले बर्गीय शोषण र उत्पीडनका बिरुद्ध गरिने गरिएका अनगिन्ति आन्दोलन र आमसभाहरु मेरो मन-मस्तिष्कको स्मृति-पटलमा अझै ताजै छ । पंचा...
  • सन्दर्भ महिला दिवसको

    आज मार्च ८, बिभिन्न कार्यक्रमको आयोजना गरेर बिश्वभर अन्तरराष्ट्रिय महिला दिवस मनाईदैं छ । महिला साक्षरता, महिला हकहित, महिला अधिकार, महिलाको समुन्नत जीवन, महिला स्वास्थ्य जस्ता अन्नगिन्ति महिलासँग सम्बन्धित आधारभुत तत्वहरुको खुलेरै चर्चा गरिन्छ आजको दिनमा । आजकै दिनका लागि भनेर बिभिन्न संस्थाहरुले आफ्नो कामको प्रकृति हेरिकन सुहाउदो नारा बनाएका छन । संयुक्त राष्ट्रसंघले "ग्रामीण महिलालाई ससक्त बनाऔं, गरीबी र भोकमरीको अन्त्य गरौं" भन्ने नारा सार्बजनिक गरेको छ । त्यस्तै बिभिन्न अन्य देशमा बिभिन्न स...
  • दण्डहीनता र मौलाउँदो अपराध

    काठमाडौं जिल्ला अदालतमा मुद्दाको तारिख लिन आएका धादिङ बैरेनीका कृष्णबहादर तामाङ, मानबहादर तामाङ र बाराका बीरबहादुर तामाङको बाटो हिडिरहेकै क्रममा बम विस्फोटमा परी मृत्यु भयो । राज्यको प्रमुख प्रशासनिक केन्द्र तथा सुरक्षाका दृष्टिले अति नै संवेदनशील क्षेत्र सिंहदरवार नजिक सर्बसाधारणको ज्यान जाने गरी भएको यस्तो घटनाले कामको सिलसिलामा बाहिर जानपर्ने सवै नागरिकलाई त्रसित बनाएको त छँदैछ आफ्नै देशभित्र नागरिक कति असुरक्षित छौं भन्ने भय थपिएको छ । शान्ति सुरक्षाको अभावमा नागरिकको बाँच्न पाउने अधिकार हनन...
  • महाशिवरात्रिको सन्देश

    आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी मुलुकभरि महाशिवरात्रि पर्व धुमधामसाथ मनाइँयो । भगवान् शिवले लोककल्याणका लागि निराकार अवस्थाबाट ज्योतिर्लिङ्गको रूपमा प्रकट हुनुभएको पवित्र रात भएकोले यस पर्वलाई महाशिवरात्री भनिएको हो । महाशिवरात्रि पर्वमा हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् । अघिल्ला महाशिवरात्रि पर्वभन्दा यसपालि महाशिवरात्रि पर्व सोमबारका दिन परेकाले पनि शिवालयहरूमा बढी घुइँचो देखियो । नेपालका अन्य धार्म...
  • नेपालमा राजनीतिक शक्तिहरु मिल्नुको कुनै बिकल्प छैन

    जुन शिर्षकमा मैले केही शब्दहरु खर्चदै छु र आदरणीय पाठक बर्गको ध्यानलाई केही समयका लागि केन्द्रित गर्न चाहान्छु । भनिन्छ औषधी तितो हुन्छ तर रोगको निको पार्छ। आदरणीय पाठक मित्रहरु हो, कुरा सत्य हो। किन की नेपालको बर्तमान राजनीतिक सेरोफेरो र बिगत १६ बर्ष यताको राजनीतिक पृष्ठभूमिले देखाएको नेपालको राजनीतिक उथलपुथल र भबिष्यका चुनौतीहरुलाई केही हदसम्म केलाउन चाहान्छु  हो यो लेख लेखिरहदा मलाई यो आरोप पनि नलागोस म नेपालका कुनै पनि राजनीतिक पार्टीहरु प्रति आग्रह र पूर्वग्रही भएर लेखिरहेको छैन। म त एउटा ब...
  • राष्ट्रपतीय पद्धतिमा जानुपर्ने कारण

    २१ सौं शताब्दी प्रजातन्त्र प्रत्येक नागरिकको जीवन पद्दति बनेको छ । तर बेलाबखत केही मूर्ख शासकहरुले प्रजातन्त्रलाई आफ्नै अनुकूलतामा ब्याख्या गरेका र समय आएपछि आफैं सिद्धिएका धेरै उदाहरण हाम्रासामु छन् । प्रजातन्त्रलाई नबुझनु, यसका मूल्यमान्यतालाई समाप्त पार्ने कोसिस गर्नु आफैं समाप्त हुनु सिवाय अरु केही होइन । त्यसैले प्रजातान्त्रिक शासन व्यवस्थाबाट निरंकुशता जन्मिन्छ भन्नु कमजोर मनस्थितिको प्रतिफल मात्र हो । एउटा व्यक्तिको सोंच, विचार, इच्छाशक्ति र संकल्पले देश बनाएका प्रशस्त उदाहरण विश्वमा छ...
  • मैले भनेको यसो हो

    महामहिम राष्ट्रपति महोदय,  राष्ट्रपतिको कार्यालय,  शितल निवास ।  सम्माननीय ज्यू, यहाँ प्रतिको मेरो व्यक्तिगत सम्मानलाई यथारुपमा राख्दै मधेसी– जनअधिकार फोरम  (गणतान्त्रिक) को अध्यक्षको हैसियतमा निम्न बिषयमा ध्यानाकर्षण गराउन चाहन्छु ।  १. गणतन्त्र नेपालको पहिलो निर्वाचित राष्ट्रपतिको रुपमा यहाँलाई अवगत नै हुनु पर्दछ कि, वि.सं. २०६३ सालमा मधेसी जनताको परिवर्तीत राजनीतिक आकाँक्षा अनुकूल मुलुकको अन्तरिम संविधान नआउँदा विरोध स्वरुप त्यसको प्रतिहरुलाई जलाएर प्रथम मधेस आन्दोलनको शुरुवात भएक...
  • आयोगको संघीयता एमाले-कांग्रेसको चिन्ता

    नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८ को उपधारा २ अनुसार उच्च स्तरिय राज्य पुर्नसंरचना आयोग ९ सदस्यीय २०६८ मंसिर ५ गते गठन भएको हो । जसमा माओवादीको तर्फबाट स्टेला तामाङ्ग, मल्ल के सुन्दर, मधेशी मोर्चाबाट सुरेन्द्र महतो कृष्ण हाछेथु , एमाले बाट भोगेन्द्र झा र दलित समुदायको दवाव पछि सहमति मै छानिएको आयोगका अध्यक्ष मदन परियार समेत गरी ६ जना सदस्यहरुले दुई तिहाई बहुमतबाट राज्य पुर्नसंरचना सम्बन्धी बुझाएको प्रतिवेदन चर्चाको विषय बनेको छ । नेपाली कांग्रेसको तर्फबाट आयोगको सदस्यहरु रमेश ढुंगेल, सा...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित